News Summary
Generated by OK AI. Editorially reviewed.- अध्यागमन विभागले नेपालमा शंकास्पद क्रियाकलापमा संलग्न एक जापानी नागरिकलाई पक्राउ गरेको छ।
- पक्राउ परेका जापानी नागरिकले सन् २०१२ देखि नेपालमा अनुमति नलिई ६ वर्षसम्म गैरकानूनी व्यवसाय सञ्चालन गरेको खुलेको छ।
- ती व्यक्तिले पोखरा र झम्सिखेलमा व्यवसाय दर्ता गरी सञ्चालन गरेका छन् तर कर तिरेको देखिएको छैन।
४ जेठ, काठमाडौं । नेपालमा बसेर शंकास्पद क्रियाकलापमा संलग्न एक जापानी नागरिक पक्राउ परेका छन् । भिसाको उद्देश्य विपरित नेपालमा बसेर शंकास्पद नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्ति सन् २०१२ मा पहिलो पटक पर्यटक भिसामा नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ । उनले नेपालमा अनुमति नलिई ६ वर्षसम्म गैरकानूनी रुपमा व्यवसाय सञ्चालन गरेको पनि अध्यागमनले जनाएको छ ।
स्थानीय तहमा व्यवसाय दर्ता गरे पनि कुनै पनि वर्षमा नेपाल सरकारलाई बुझाउनुपर्ने कर तिरेको नदेखिएको समेत प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।
त्यस्तै, नेपाली महिलासँग विवाह गरेका जापानका नागरिक प्रष्ट नेपाली भाषा बोल्ने गरेको पाइएको छ । ती व्यक्तिले पोखरा लेखनाथ महानगरपालिकामा व्यवसाय दर्ता गरी पुम्दी पभुम्दीमा पिस अफ माईन्ड रेष्टुरेण्ट क्याफे सञ्चालन गरेका छन् ।
सम्बन्धित सरकारी कार्यालयमा व्यवसाय स्थानान्तरणसम्बन्धी प्रक्रिया पूरा नगरी विगत ४ वर्षदेख झम्सिखेलमा कफी सप सञ्चालन गरिरहेको पनि भेटिएको छ ।
नेपाली नागरिकसँग विवाह गरी नेपालमा विवाह भिसामा बसेको पनि देखिएको छ । ती व्यक्तिले व्यवसाय दर्ता नै नगरी काम गरिरहेको र नेपाल सरकारलाइ तिर्नुपर्ने कर तिरेको नदेखिएको अध्यागमनले जनाएको छ ।
प्रतिक्रिया 4