News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बार एसोसिएनको बैठकले सर्वोच्च अदालतको घटनाक्रमप्रति विरोध स्वरूप मंगलबार दिउँसो १ बजे लालटिन बाल्ने निर्णय गरेको छ।
- नेपाल बारका अध्यक्ष डा विजयप्रसाद मिश्रले अदालतमा रिट र मुद्दा दर्ता नहुनु न्याय खोज्न समस्या भएको बताए।
- उनले भने, 'अदालतमा न्यायको खोजी गर्न जाँदा रिट र मुद्दा नै दर्ता हुँदैनन् भने जनताले कहाँ न्याय पाउने ?'
४ जेठ, काठमाडौं । सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै कानुन व्यवसायीहरूले लालटिन बाल्ने भएका छन् ।
केहीबेरअघि सम्पन्न नेपाल बार एसोसिसनको कार्यसमितिको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा लालटिन बाल्ने निर्णय गरेको हो ।
नेपाल बारका अध्यक्ष डा विजयप्रसाद मिश्रका अनुसार सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालिनेछ ।
उनले भने, ‘अदालतमा न्यायको खोजी गर्न जाँदा रिट र मुद्दा नै दर्ता हुँदैनन् भने जनताले कहाँ न्याय पाउने ? न्याय खोज्न कहाँ जाने ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4