+
+
Shares

रास्वपाले बनायो जिल्ला अधिवेशनको कार्यविधि, सभापतिको उम्मेदवार बन्न ५ हजार शुल्क

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला समितिका उम्मेदवारका लागि शुल्क तय गरेको छ । जिल्ला अधिवेशन कार्यविधि अनुसार जिल्ला सभापतिको उम्मेदवारको शुल्क ५ हजार तोकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला समितिका उम्मेदवारका लागि सभापतिलाई ५ हजार रुपैयाँ शुल्क तोकेको छ।
  • उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षलाई समान ५ हजार र सदस्यलाई एक हजार रुपैयाँ शुल्क तोकिएको छ।
  • रास्वपाले असार ७ देखि ९ गते प्रथम महाधिवेशन र जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ।

४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला समितिका उम्मेदवारका लागि शुल्क तय गरेको छ । जिल्ला अधिवेशन कार्यविधि अनुसार जिल्ला सभापतिको उम्मेदवारको शुल्क ५ हजार तोकिएको छ ।

उप सभापति, सचिव, सह सचिव र कोषाध्यक्षलाई समान शुल्क तोकिएको छ । जिल्ला सदस्यहरुको हकमा भने एक हजार रुपैयाँ निर्धारण गरिएको छ । निर्वाचन क्षेत्र उपसंयोजक र सचिवको उम्मेदवारले एक हजार शुल्क बुझाउनु पर्दछ भने सदस्यका लािग पाँच सय रुपैयाँ तोकिएको छ ।

रास्वपाको विधान अनुसार जिल्ला समितिमा सभापति, उपसभापति, सचिव, सहसचिव १÷१ जना हुने व्यवस्था छ । सम्बन्धित जिल्लामा बाहुल्य भएको जातीय क्लष्टर, दलित सदस्य र प्रतिनिधि सभा क्षेत्रबाट १÷१ सदस्य निर्वाचित हुनेछन् । जिल्ला समितिका लागि थप तीन जना सदस्य हुनेछन् ।

जिल्ला समिति विजोर अंक हुने गरी कार्यसमितिमा सभापतिले २ वा ३ जना मनोनित गर्ने अधिकार दिइएको छ । जिल्ला समितिमा सभापतिहरु पदेन सदस्य हुने व्यवस्था राखिएको छ ।

असार ७ देखि ९ गतेसम्म प्रथम महाधिवेशनको मिति तय गरेको रास्वपाले जेठ २३ र २४ गतेका लागि जिल्ला अधिवेशन तोकेको छ ।

कार्यविधि मार्फत जिल्ला अधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधिको निश्चित गरिएको छ । जिल्ला समितिका सबै पदाधिकारी जिल्ला अधिवेशनका प्रतिनिधि हुनेछन् । जिल्लाको संरचना अन्तर्गत रहेका सल्लाहकार परिषद्, अनुशासन आयोग, विभाग, ¥याट, सम्पर्क विभाग, निर्वाचन क्षेत्रको समिति जिल्ला अधिवेशनका प्रतिनिधि हुने भएका छन् ।

जिल्ला अधिवेशनका लागि तोकिएका थप प्रतिनिधिहरुमा पालिका समिति, जनप्रतिनिधि, प्रदेश सभा समिति अन्तर्गत रहेका सबै संरचनाका सदस्य लगायत जिल्ला अधिवेशनका प्रतिनिधि हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?