+
+
Shares

न्यायाधीशलाई रास्वपा सांसद बास्कोटाको चुनौती– राजनीति गर्ने भए कोट खोलेर आउनुहोला

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद समीक्षा बाँस्कोटाले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई कोट खोलेर राजनीति गर्न चुनौती दिएकी छन्।
  • उनले सर्वोच्च अदालतका न्यायाधीशहरूको प्रमुख दायित्व न्याय सम्पादन रहेको बताइन् र अन्य विषयमा विषयान्तर नगर्न आग्रह गरिन्।
  • सपना प्रधान मल्लले रिट दर्ता गर्न आदेश दिएको र कानुन दिवसमा 'लडाईं अझै बाँकी छ' भनेकोमा सांसद बाँस्कोटाले आपत्ति जनाइन्।

४ जेठ, काठमाडौं । रास्वपा सांसद समीक्षा बाँस्कोटाले राजनीति नै गर्ने भए कोट खोलेर आउन सर्वोच्च अदालतका न्यायाधीशहरूलाई चुनौती दिएकी छिन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले सर्वोच्चमा बसेका न्यायाधीशहरूको प्रमुख दायित्व, धर्म र जिम्मेवारी नै ‘न्याय सम्पादन’ रहेको जिकिर गरिन् ।

‘यहाँ त सत्ता कब्जा गर्ने नियतले यदी न्यायपालिका त्यो लेभलमा उत्रिएर काम गर्न थाल्यो भने यसले न्याय सम्पादन गर्न सक्दैन,’ उनले भनिन्, ‘म कानुनको विद्यार्थी भएको नाताले पनि के भन्छु भने न्याय सम्पादन सम्मानित सर्वोच्च अदालतमा बस्नुभएका न्यायाधीशहरूको प्रमुख दायित्व, धर्म र जिम्मेवारी हो ।’

न्याय सम्पादन नगरी अन्य विषयमा विषयान्तर गर्न खोजिएको भन्दै उनले त्यसप्रति विशेष ध्यानाकर्षण गराइन ।

सर्वोच्च अदालतकी कामुन प्रधानन्यायाधीश सपना प्रधान मल्लले सर्वोच्चमा आएका रिटहरू सर्वोच्च प्रशासनले दरपीठ भएको भन्दै रिट दर्ता गर्न आदेश दिएकी थिइन् ।

‘कामु न्यायाधीशले डेलिगेशन बोलाएर दरपिठ भएका रिट दर्ता गर्न आदेश दिनु कतिको न्यायोचित हो ?,’ सांसद बास्कोटाको प्रश्न छ ।

साथै, मल्लले कानुन दिवसको अवसरमा गरेको सम्बोधनप्रति पनि आपत्ति जनाइन् ।

‘उहाँ (सपना प्रधान मल्ल) ले कानुन दिवसको दिनमा गएर सार्वजनिक रुपमा ‘लडाईं अझै बाँकी छ’ भन्नुभएको छ । को सँग लडाईं हो ?,’ उनले भनिन्, ‘सत्तासँग लडाईं अझै बाँकी छ भन्नुभएको हो भने, यो खेद छ भन्दैगर्दा न्यायमूर्तीलाई यहीँबाट के बुझाउन चाहन्छु भने, राजनीति नै गर्न खोज्नुभएको हो भने कोट खोलेर आउनुहोला, हामी तयार छौं,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?