Comments Add Comment

पल्सर डेयर भेन्चर राइडर्सले गरे दशरथ रंगशाला सफा

२३ मंसिर काठमाडौं । पल्सर डेयर भेन्चरका राइडर्सले आइतबार नेपाल र बंगलादेशबीचको खेल समाप्त भएपछि दशरथ रंगशाला सफा गरेका छन् । पल्सर डेयर भेन्चरकमा १२ जना राइडर्सले रंगशालामा भएको फोहोर जम्मा गरेर रंगशालाको सीट र पाराफेट सफा गरेका हुन् ।

पल्सर डेयर भेन्चर नेपालको सबभन्दा लोकप्रिय, साहसिक र पहिलो बाइकिङ्ग रियालीटी सो हो र यसको सफलतापुर्वक ३ वटा सिजन सकिसकेको छ र चौथोँ सिजन शुरु भएको छ जुन एपी१ एचडी टिभीमा हरेक शनिबार राति ९देखि१०बजे प्रसारण हुुँदै आइरहेको छ । पल्सर डेयर भेन्चर एक साहसिक बाइक रियालिटी सो मात्र नभएर यसले राइडरहरुलाई एउटा नम्र र सम्मानित नागरीक बन्नका लागि कौशल र अनुशासन विकास गर्न सहयोग गर्छ । र, यो सरसफाईको प्रयास जहाँ कही जुनसुकै बेला कायम गर्नु पर्ने अनुशासन कौशल मध्यको एउटा पाटो भएको कम्पनी बताउँछ ।

नेपालले दक्षिण एशियाली खेलकुद २०१९ आयोजना गरिरहेको छ, जहाँ ७ देशका सहभागीहरु विभिन्न खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।

पल्सर डेयर भेन्चरका राइडरहरु मध्य एक जना राइडरले आˆनो भावना व्यक्त गर्दै भने,’हामी जथाभावी फोहोर फाल्नु हुन्न भन्ने कुरामा ज्ञात छौं तर पनि जथाभावी फोहोर फाल्छौं । यो पहलसँगै हामी उचित स्थानमा मात्र फोहोर फाल्नुपर्छ भन्ने जनचेतना फैलाउन चाहन्छौं र सम्पूर्णलाई यो पहल आफैबाट र आजैबाट शुरु गर्न अनुरोध गर्न चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment