+
+

१३९ विगाहा गुठी जग्गा व्यक्तिको कब्जामा छः मन्त्री अर्याल

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २५ गते १२:००

२५ मंसिर, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीको १३९ विगाहा जग्गा व्यक्तिले प्रयोग गरेको तथ्य फेला परेको बताएकी छन् । ‘मैले एउटा अभिलेख हेर्दा १३९ विगाहा जग्गा व्यक्तिले प्रयोग गरिरहेको पत्ता लगाएकी छु,’ गुठीयारहरूसँगको छलफलमा उनले भनिन्, ‘पत्ता नलागेको अतिक्रमण त कति छ कति ?’

कुन गुठीको जग्गा, कुन व्यक्तिले, कसरी प्रयोग गरिरहेको छ भन्नेचाहिँ मन्त्री अर्यालले खुलाइनन् । जताततै मोही खडा गरेर गुठीको जग्गा बेच्ने काम नरोकिएको उनको भनाइ थियो ।

‘मन्त्रालयको सबैभन्दा ठूलो चिन्ता गुठीको जग्गा अतिक्रमण भइरहेकोमा छ,’ उनले भनिन्, ‘दुःखको कुरा के छ भने आज पनि अतिक्रमण जारी छ ।’

गुठी जग्गा संरक्षणको प्रमुख जिम्मेवारी गुठी संस्थानको हो । ७० वटा जिल्लामा जग्गा भए पनि संस्थानले संरक्षण गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?