Comments Add Comment

हिमालय एयलाइन्सको क्वालालम्पुर उडान फेरि सुरु

२५ मंसिर, काठमाडौं । मलेसिया जाने नेपालीको रोजगारी बन्द भएपछि उडान कटौती गरेको हिमालय एयरलाइन्सले क्वालालाम्पुरमा पुनः उडान थालेको छ । नेपाल-चीन संयुक्त लगानीको यस वायुसेवा कम्पनीले २३ मंसिरबाट क्वालालम्पुर उडान प्रारम्भ गरेको हो ।

यसअघि हिमालयले क्वालालम्पुरको लागि पहिलो उडान १० फेबु्रअरी २०१७ मा गरेको थियो । वैदेशिक रोजगारीमा मलेसिया जाने नेपालीको स्वीकृति रोकिएपछि सन् २०१८ नोभेम्बरबाट मलेसिया उडान स्थगित गरेको थियो ।

नेपाल भ्रमण वर्ष २०२० को संघारमा हिमालयले क्वालालम्पुर उडान फेरि संचालनमा ल्याएको हो । यसबाट मलेसियाली पर्यटक नेपाल आकर्षित गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ । क्वालालम्पुर जाने नेपालीलाई समेत उत्कृष्ट सेवा दिएरर आकर्षित गर्ने लक्ष्य राखेको कम्पनीले उल्लेख गरेको छ ।

हिमालय एअरलाइन्सको कुल १५० यात्रुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साझ ९३५ मा क्वालालम्पुर उडेको थियो । उक्त जहाज ८२ यात्रुसहित २४ मंसिरमा बिहान ७ः४६ मा काठमाडौं अवतरण गर्‍यो ।

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले मलेसियामा रहने नेपाली र पर्यटकलाई लक्षित गरी उडान प्रारम्भ गरेको बताए । हिमालयले साताको दुई दिन यस रुटमा उडान गर्ने भएको छ । दुवै रुटमा बिजनेस क्लासका लागि ४० किलो र इकोनोमी क्लासका लागि ३० किलोको ब्यागेजको सुविधा निःशुल्क दिइएको छ । काठमाडौंबाट सोमबार र बिहीवार उड्ने जहाज क्लालालाम्पुरबाट मंगलबार शुक्रवार काठमाडौं आउनेछ ।

हिमालय एयरलाइन्सले अहिले अबुधाबी, दमाम, दोहा, ढाका, बेइजिङ्ग, गुइयाडं र चाडंसामा उडान गर्दै आएको छ । त्यसमा क्वालालाम्पुर थपिएको हो । कम्पनीसँग ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सीट भएका ए ३२०-२१४ सिरिजका ३ वटा न्यारो-बडी जहाज रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment