+
+
Shares

पर्सामा स्यालले टोकेर ७ विद्यार्थी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २५ गते १७:५५

२५ मंसिर, पर्सा । पर्साको पटुर्वा सुगौली गाउँपालिकामा स्यालको टोकाइबाट ७ जना विद्यार्थी घाइते भएका छन् ।

गाउँपालिकाको वडानम्बर २ रंगपुरमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा अध्ययनरत ७ जना विद्यार्थीलाई विद्यालय जाने र फर्किने बेला रामपुर खोलामा स्यालका समूहले टोेकेको हो ।

घाइतेहरुमा वडानम्बर ३ का कृष्ण राउत, रामप्रवेश सहनी, लाली कुमारी, चोकट माझी लगायत रहेका छन् ।

घाइतेलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज पठाइएको वडानम्बर ३ का अध्यक्ष माधव राउतले जानकारी दिए ।

स्यालको झुण्डले विद्यार्थीलाई टोकेपछि रामपुर खोलामा प्रहरी चौकी रंगपुर टाँडीको टोली खटिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दीपक चोरवारल बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?