Comments Add Comment
फोटो फिचर :

सागको शानदार समापन

२४ मंसिर, काठमाडौं । ड्रोनबाट नेपालको नक्सा र झण्डसँगै पशुपतिाथको मन्दिर, गौतम बुद्धको आकृति आकाशमा देखाउँदै १३औं दक्षिण एसियाली खेलकुद (साग) को समापन गरिएको छ ।

पुरुष फुटलको फाइनलपछि शुरु भएको समापन समारोह करिव ३ घण्टा चलेको थियो, जसमा सहभागि ७ देशका खेलाडीको मार्चपासदेखि लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो सम्बोधनसम्म थियो । अनी ड्रोनबाट अमेजिङ परफरमेन्स पनि ।

मंसिर १५ गते औपचारिक रुपमा शुरु भएको १३औं साग काठमाडौं पोखरा र जनकपुरमा गरी १० दिनसम्म चलेको थियो ।

समापन समारोहलाई भिडियो प्रबिधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता ब्यवस्थित र भब्य रुपमा सम्पन्न भएकोमा खुसी ब्यक्त गरे । उनले प्रतियोगितालाई सफल पार्न खट्ने र सहभागी हुने सबैलाई सरकारका तर्फबाट धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले सागमा पदक जित्ने नेपाली खेलाडीहरुलाई बोलाएर भोलि विशेष प्याकेज घोषणा गर्दैछन् ।

समापन समारोहका प्रमुख अतिथि उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेपालले सागको सफल आयोजनाले विश्वसामु नेपालको शिर अझ उचो भएको बताए ।  युवा तथा खेलकुदमन्त्री जगतबहादुर (सुनार) विश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलबालले यो प्रतियोगिताको ऐतिहासिक सफलताले नेपालले जस्तो सुकै अवस्थामा पनि गर्न सक्छ भन्ने सन्देश दिएको बताए ।

समापनका अवसरमा १४ औं सागको आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो । कार्यक्रममा आकर्षक झाँकी, मार्चपास, सांस्कृतिक कार्यक्रम, आतिषबाजी समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment