Comments Add Comment

राम लिम्बु भन्छन्–‘२ मिनेटको भिडियोले मेरो जिन्दगी बदलिदियो’

‘दि भ्वाइस अफ नेपाल, सिजन–२’का विजेता राम लिम्बुले २ मिनेटको भिडियोले आफ्नो करिअर नै परिवर्तन गरिदिएको बताएका छन् ।

‘दि भ्वाइस अफ नेपाल’को टिमले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै रामले भने–‘दि भ्वाइसको यात्रा जिन्दगीमा कहिले पनि विर्सन नसक्ने, प्यारो क्षणको रुपमा रहेको छ । जती जनाले पनि मलाई भोट गर्नुभयो, उहाँहरुकै मायाका कारण यो अवस्था आएको हो ।’

रामले अगाडि भने–‘यति धेरै माया पाउँछु भनेर मैले कहिले पनि सोचेको थिइनँ । म सामान्य घरको मानिस हुँ । धेरै नेपालीको जस्तो देशमा रोजगारी नपाउँदा विदेशिनु पर्ने वाध्यता मेरो पनि थियो । विदेश जानका लागि म तयार थिएँ । तर, दि भ्वाइसको अडिसनका लागि २ मिनेटको भिडियो पठाए । सोही भिडियोले नै मेरो जिन्दगी पुरै परिवर्तन गरिदिएको छ ।’

रामले आफ्नो जिवनलाई विश्वास गरेर अगाडि बढेको खण्डमा सपना पुरा गर्न सकिने बताए । उनले मिडियासँग भने–‘शोको नियम अनुसार एकजना विजेता बन्नैपर्ने थियो र म बनेँ । तर, यो शोमा सहभागी हुन आउने सबै जना विजेता हुनुहुन्छ । यो शोले हामीलाई विउ मात्र दिएको छ । अब, त्यो विउलाई गोडमेल गर्ने वा के गर्ने भन्ने निर्णय हाम्रो हो । राम्रोसँग गोडमेल गरे हामी अगाडि जान सक्छौ, नत्र फेरि हामी हराउँछौ । भोली गएर दि भ्वाइसको टिमलाई पनि गर्व लाग्ने काम हामीले गर्न सक्नुपर्छ ।’ राम कोच प्रमोदको टिममा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment