Comments Add Comment

पुरुष बेचबिखनका घटना पनि बाहिर ल्याइने

२६ मंसिर, कामठाडौं । मानव बेचबखिनविरुद्धको राष्ट्रिय सञ्जालले अब बेचबिखनमा परेका पुरुषहरुको पक्षमा पनि अभियान सञ्चालन गर्ने भएको छ ।

सञ्जालको काठमाडौंमा बसेको दोस्रो बैठकले ५ वर्षे रणनीतिक योजना बनाउँदै बेचबिखन पीडित पुरुषहरुका घटना पनि बाहिर ल्याउने निर्णय गरेको हो ।

अहिलेसम्म बेचबिखन प्रभावित भन्नेबित्तिकै महिलाका घटनामात्र आउने गरेका छन् । वैदेशिक रोजगारलगायतका विभिन्न कारणले पुरुष पनि बेचबिखन तथा यौनजन्य हिंसामा पर्ने गरेका घटना छन् । तर अहिलेसम्म पीडित पुरुष बेचबिखनमा परेका घटना भने बाहिर आएका छैनन् ।

बेचबिखन प्रभावितहरुको राष्ट्रिय सन्जालकी अध्यक्ष चरिमाया तामाङको अध्यक्षतामा बसेको बैठकले मानव बेचबिखनविरुद्धको अभियान सशक्त बनाउन प्रभावित आफैंले आवाज उठाउनु पहिलो शर्त भएको निश्कर्ष निकालेको छ । सञ्जालले प्रभावित पुरुषहरुको पक्षमा पनि वकालत गर्ने तामाङले बताइन् ।

गत भदौमा देशभरका बेचबिखन प्रभावित महिलाहरुको भेलाले चरिमायाको नेतृत्वमा राष्ट्रिय सञ्जाल गठन गरेको थियो । बेचबिखन प्रभावितहरुको खोजी, उद्दार तथा स्वदेशफिर्तीलाई सञ्जालले अझ सशक्त ढंगले अघि बढाउने भएको छ ।

सञ्जाललाई अमेरिकी सहयोग नियोग युएसआईडी र बेलायती सहयोग नियोग युकेएडले आर्थिक सहयोग गरेका छन् भने विनरक इन्टरनेशनलले यसको कार्यान्वयनमा सघाएको छ ।

बेचबिखन प्रभावितहरुको पहिलो संस्था शक्ति समूहको आयोजनामा सञ्जालको रणनीतिक योजना कार्यान्वयन बैठक बसेको उनले चरिमायाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment