Comments Add Comment

ट्रम्पले गरे ‘टाइम वर्ष व्यक्ति’ ग्रेटाको उपहास

२६ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै ‘टाइम वर्ष व्यक्ति’ घोषित जलवायु अभियन्ता ग्रेटा थनबर्गको उपहास गरेका छन् । ट्रम्पले वर्ष व्यक्ति भएको भोलिपल्टै १६ वर्षीय ग्रेटाको विषयमा उपहासपूर्ण टि्वट गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले अपमानजनक ढंगबाट ग्रेटालाई क्रोध व्यवस्थापन गर्न र साथीहरूसँग पुरानो चलचित्र हेर्न जान सुझाएका छन् ।

ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, फेसबुकका संस्थापक मार्कर जुकरबर्ग, न्यूजल्याण्डकी पूर्व प्रधानमन्त्री जेसिन्दा एड्रिन, अमेरिकी फुटबलर मेगान रिपोनी, हङकङका आन्दोलनकारी, ट्रम्पका वकिल रुदी जिलिनी, दि हि्वसेल ब्लोअर र युएस हाउस अफ रिप्रिजेन्टेटीभकी सभामुख न्यान्सी पेलोसीलाई पछि पार्दै ग्रेटा वर्ष व्यक्ति बनेकी हुन् ।

ग्रेटाले भने आफू वर्ष व्यक्ति घोषित भएकोमा खुशी व्यक्त गरेकी छन् । ‘टाइम पर्सन अफ दिन इयर’ बनेपछि उनले टि्वटमा भनेकी छन्, ‘वाह ! यो अविश्वसनीय छ । जसले जलवायु परिवर्तन र #“ridays“or“uture  अभियानमा मलाई साथ दिनुभयो, यो सम्मानहरू सबैसँग बाँड्न चाहन्छु ।’

स्विडेनमा जन्मेकी ग्रेटाले गत सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन एक्सन सम्मेलनमा दिएको मन्तव्य भाइरल बनेको थियो । १५ वर्षको उमेरमै स्कूल छाडेर वातावरण संरक्षण अभियानमा लागेकी उनको टि्वटर फलोअर ३३ लाख छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment