Comments Add Comment

२ खर्ब रुपैयाँ बढीका आयोजना अलपत्र पार्ने ठेकेदारलाई दलीय ओत

२९ मंसिर, काठमाडौं । प्रहरी अधिकारीसहित ३ जनाको ज्यान जानेगरी धनुषामा भएको बम विस्फोटले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएको छ । यसबाहेक कांग्रेस विवाद, नेपालबाट अमेरिकातर्फ भइरहेको मानव तस्करी, ठेकेदारमाथिको दलीय संरक्षण, हिमपात र वर्षापछि जनजीवनमा परेको असरलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले समाचार बनाएका छन् ।

आइतबार प्रकाशित हुने नेपाल साप्ताहिकले २ खर्ब रुपैयाँभन्दा बढीका आयोजना अलपत्र पार्ने ठेकेदारलाई दलहरूबाट प्राप्त संरक्षणबारे चिरफार गरेको छ ।

नेपालका अनुसार, ठग ठेकेदारका पक्षमा वकालत गर्ने वकिल बाबुराम दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीका अवैतनिक सल्लाहकारका रूपमा प्रवेशमात्रै पाएका छैनन्, अन्य ठेकेदारलाई दलका नेताको ओत मिलिरहेको छ । सैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारी र बाबुराम दाहालसँग नेताको कनेक्सनबारे चर्चा गर्दै यसले ठेकेदार–नेता सम्बन्ध उजागर गरेको विश्लेषण गरेको छ । रिपोर्टअनुसार संघीय संसद् र प्रदेशसभा निर्वाचित हुने ठेकेदारकै संख्या २८ छ । पराजित हुने ठेकेदारको संख्या पनि उत्तिकै छ । तिनको छायाले सरकार बोल्न त सक्छ, कारबाही गर्ने हिम्मत राख्दैन ।

नेपाल लेख्छ– देशको निर्माण उद्योग र स्वार्थ समूहको सेटिङको तथ्यलाई पनि ठेकेदार–नेताको सम्बन्धले प्रस्ट्याइदिन्छ । प्रचण्डका घरबेटीसमेत रहेका अधिकारीको आत्मबलको स्रोत राजनीतिक ओत हो ।

ओखलढुंगा र सोलुखुम्बुको सीमा क्षेत्र जन्तरधापस्थित ठाडे–पत्तालेमा भएको हिमपातको तस्वीर छापेको कान्तिपुरले धनुषा बम विस्फोटबारे मुख्य समाचार बनाएको छ । इन्स्पेक्टरसहित ३ जनाको ज्यान जानेगरी भएको उक्त विस्फोट ३ कदम पर भएको थियो ।

अवैध बाटो हुँदै नेपालबाट अमेरिकातर्फ भइरहेको मानव तस्करीबारे पनि कान्तिपुरले केलाएको छ । कान्तिपुरका अनुसार, एजेन्टको भर परेर अमेरिका जाने व्यक्तिहरूको करोडौं रुपैयाँ स्वाहा भएको छ । अवैध बाटो हुँदै जाने ९२२ जना २ वर्षको अवधिमा डिपोर्ट भएका छन् ।

हिमपातपछि रमाीय बनेको सिमकोट विमानस्थलको चित्ताकर्षक तस्वीर छापेको अन्नपूर्णले पनि बम विस्फोटकै घटनालाई मुख्य समाचार बनाएको छ । प्रहरीले बमको पहिचान गर्न नसक्दा अप्रिय घटना भएको अन्नपूर्ण समाचारको सार छ । कांग्रेस विवादसँग सम्बन्धित समाचार पनि अन्नपूर्णको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।

नागरिकले ६ वर्ष बाँकी छँदै यतीको लिज नवीकरण भएको लेखेको छ भने राजधानीले १ वर्षपछि नेकपाको स्थायी कमिटी बैठक बसेकोबारे समाचार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment