Comments Add Comment

अर्को वर्ष बिहे, तर जाडोमा गर्दिनँः मलिना जोशी

मंसिर महिनामा नायिका ऋचा शर्माले बिहे गरेपछि यतिबेला अन्य अविवाहित नायिकाहरुलाई पनि बिहेको प्रश्न सोझिन थालेको छ । प्रेम सम्बन्धमा रहेकी नायिका मलिना जोशीलाई पनि अनलाइनखबरले बिहे कहिले गर्ने योजना छ भनेर प्रश्न सोधेको थियो ।

मलिनाले आफूले पनि आफ्नो बिहेको चर्चा बजारमा सुन्ने गरेको बताइन् । भनिन्–‘मैले, बजारमा मेरो बिहेको चर्चा सुन्ने गरेको छु । तर, म जाडोमा बिहे भने गर्दिनँ । संभवत मेरो अर्को बर्ष बिहे हुन्छ होला ।’
मलिनाले जाडो महिना मन नपरेका कारण आफूले बिहे चिसो मौसममा नगर्ने सुनाइन् ।

मलिना अहिले सुशान्त प्रधानको प्रेममा रहेकी छिन् । चलचित्रमा मलिनाको उपस्थिती फितलो छ । चलचित्र नै नचलेपछि मलिनाको हातमा अहिले खासै चलचित्र छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment