+
+
Shares

दुलाल नाडाको अध्यक्ष बन्ने पक्का, कार्यसमितिका सबै निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २९ गते १९:२३

२९ मंसिर, काठमाडौं । अटो व्यवसायीहरुको संस्था नाडा अटोमोवाइल एशोसिएसनको नयाँ कार्यसमिति सर्वसम्मत हुने भएको छ ।

नयाँ नेतृत्वका लागि निर्वाचित हुने एक पदका लागि धेरै जनाको उम्मेद्वारी नपरेका कारण सर्वसम्मत नयाँ नेतृत्व चयन हुने पक्का भएको हो ।

नयाँ नेतृत्वका लागि आइतबारसम्म मनोनयन गर्ने समय राखिएकोमा अध्यक्षका लागि  कृष्णप्रसाद दुलालको मात्रै उम्मेद्वारी परेको नाडा निर्वाचन समितिले जानकारी दिएको छ ।

उनको मात्रै उम्मेद्वारी परे पनि निर्वाचित भएको आधिकारिक घोषणा भने आगामी पुस ४ गते हुने साधारणसभाले गर्नेछ । दुलाल यस अघि एशोसिएसनको उपाध्यक्ष थिए ।

अध्यक्षका लागि अर्का व्यवसायी प्रकाश कपुरी समेत आकांक्षी थिए । तर उनले अन्तिममा आएर उम्मेद्वारी नदिने निर्णय लिएका छन् ।

अध्यक्षमात्रै होइन एशोसिएसनको १८ जना कार्यसमिति समेत समेत सर्वसम्मत निर्वाचित हुने समितिले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?