Comments Add Comment

लागूऔषधसहित दुई जना पक्राउ

३० मंसिर, काठमाडौं । सुनसरीको धरानबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा झापा मेचीनगर नगरपालिका-४ काँकडभिट्टा बस्ने ३६ वर्षीय राजेश कुमार दाहाल र मेचीनगर नगरपालिका-६ बस्ने २६ वर्षीय पासाङ शेर्पा रहेका छन् ।

उनीहरुलाई धरान उपमहानगरपालिका-८ बाट २२ दशमलब ३३ ग्राम ब्राउन सुगरसहित आइतबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले इटहरीबाट धरानतर्फ जाँदै गरेको डब्लुबी ७४ एएफ ३१४९ भारतीय नम्बरप्लेटको कार जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध बरामद भएको हो । कारको चालक समेत रहेका दाहाल र कारमा सवार शेर्पालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment