Comments Add Comment

थाइल्याण्डमा हुने फेसन फेष्टिबलको पहिलो अडिसनबाट छानिए साढे तीन वर्षे बालक

काठमाडौं । आगामी अपि्रल २५ तारिखमा थाइल्याण्डमा हुने इन्टरनेशनल फेसन फेष्टिबलका लागि पहिलो चरणको अडिसनबाट १२ जना छनोट भएका छन् । छनोट हुनेमा साढे तीन वर्षीय बालक कृभिशेष खड्कासमेत छन् ।

ड्रिम सर्च एजेन्सीले आयोजना गर्ने थाइल्याण्ड इन्टरनेशनल फेसन फेष्टिबलका लागि काठमाडौंमा भएको पहिलो चरणको अडिसनबाट प्रि-किड्स, किड्स, प्रि-टिन र टिनहरु गरी १२ जनालाई छनोट गरिएको छ । अडिसनबाट कूल ३५ जना छानिने छन् । त्यसका लागि भक्तपुर, इटहरी, धरान, विराटनगर र पोखरामा पनि अडिसन हुनेछ ।

प्रतियोगितामा ३.५ देखि १७ वर्ष उमेर समूहका बाल बालिकाले सहभागीता जनाउन सक्नेछन् ।

थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टबलमा यो सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भने आगामी अप्रिल २५ तारिखमा हुनेछ ।

ओपेरा रेष्ट्रो एण्ड ब्यांक्वेट बालुबाटार, काठमाडौंमा भएको पहिलो चरणको छनोटमा मिष्टर वर्ल्ड नेपाल २०१९का अजयजंग रायमाझी, इथोज व्याण्डका विजय कँडेल, जिम प्रशिक्षक आशिस ढेवाजुलगायत निर्णायक थिए । अतिथिको रुपमा मिसेस टुरिजम एम्बेसडर २०१९ शिलाष्मा मल्ल, मिष्टर ग्लोबल टिम नेपाल २०२० साहिलजित चौधरीलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment