Comments Add Comment

धनुषामा दुई मोटरसाइकल र ट्रक ठोक्किए, १ जनाको मृत्यु

४ पुस, जनकपुरधाम । दुई मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा धनुषामा १ जनाको ज्यान गएको छ । घटनामा अन्य दुई जना घाइते छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज ९ प ९८५९ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको ना ६५ प ९२९२ नम्बरको मोटरसाइकल र ना ५ ख ८२९६ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो । सुरुमा दुई मोटरसाइकल ठोक्किएकोमा पछि ट्रक आएर पनि धक्का दिएको थियो । दुर्घटना धनुषाको मिथिला नगरपालिका–६ स्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार साँझ  भएकाे हाे ।

दुर्घटनामा ज ९ प ९८५९ मोटरसाइकल चालक मिथिला नगपालिका–३ हरियरपुर बस्ने २० वर्षीय दीपकुमार महतोको ज्यान गएको छ । गम्भीर घाइते उनको जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो ।

दुर्घटनामा ना ६५ प ९२९२ नम्बर पल्सर मोटरसाइकलमा सवार धनुषाधाम नगरपालिका–९, धरापानीका २४ वर्षीय रमेश मगर र १८ वर्षीय निरज मगर घाइते भएका छन् । दुवैको ढल्केवरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।

दुवै मोटरसाइकललाई ठक्कर दिने ना ५ ख ८२९६ नम्बर ट्रक ईलाका प्रहरी कार्यालय ढल्केवरको नियन्त्रणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment