Comments Add Comment

एमसीसी सम्झौता पारित गर्न राप्रपाको माग

४ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विकास र सहयोग सम्बन्धी अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग अनुदान सहायता सम्झौता संसदबाट पारित गर्नुपर्नेमा जोड दिएको छ ।

शुक्रबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय पदाधिकारी र कार्य सम्पादन समितिको बैठकले सम्झौतालाई संसदको चालू अधिवेशनमै अघि बढाउन माग गरेको हो ।

गत उपनिर्वाचनमा पार्टी पराजित हुनुमा कमजोर सांगठनिक संरचना नै मुख्य कारक रहेको बैठकको निष्कर्ष रहेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपा संयुक्तलाई एकताका लागि आह्वान

१४ मंसिरमा सम्पन्न उपनिर्वाचनको समीक्षा, संगठन सुदृधीकरण लगायतका विषयमा छलफल गरेको बैठकले समान विचार भएका दल र समूहलाई पार्टी एकताका लागि आव्हान गर्ने निर्णय समेत गरेको छ ।

पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त)लाई भने नामै तोकेर पार्टी एकीकरणमा आउन आव्हान गरेको छ ।

बैठकले विगतमा जस्तै पुस २७ गते रााष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीलाई राष्ट्रिय उत्सवको रुपमा मनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन समेत राप्रपाले माग गरेको छ ।

विदा माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने र संसदमा समेत आवाज उठाउने राप्रपाको निर्णय छ । श्रेष्ठका अनुसार पृथ्वी जयन्ती मनाउन राप्रपा वरिष्ठ उपाध्यक्ष बृद्धिमान तामाङको संयोजकत्वमा समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment