१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले मुगुको सोरु गाउँपालिका–३ मा १९ वर्षीय युवालाई वडा सभापति चयन गरेको छ ।
१५आंै महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न वडा अधिवेशनले १९ वर्षीय पवन कार्कीलाई वडा सभापति चयन गरेको हो ।
कार्कीको नेतृत्वमा २० सदस्यीय वडा कार्यसमिति समेत चयन गरिएको छ । कांग्रेस महासमिति सदस्य धर्मराज शाहीको प्रमुख आतिथ्यतामा वडा अधिवेशन सम्पन्न भएको छ ।
नेता शाहीले संस्थापनइतर समूहले पार्टी संरचनामा युवालाई अवसर दिने नीति अन्तगर्त १९ वर्षीय युवालाई वडा सभापतिको जिम्मेवारी दिइएको बताए ।
‘गगन थापा समूह जिल्ला–जिल्लाबाट आफ्ना नातेदारहरूको लिस्ट बोकेर काठमाडौं पुग्दै गर्दा हामी कांग्रेसको संरचनामा वास्तविक युवाहरूलाई अवसर दिने नीति लिइरहेका छौं,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4