+
+
Shares

तीन हजार १९१ वडामा कांग्रेस देउवा समूहको अधिवेशन सम्पन्न

बाँकी वडामा असोज १८ गतेसम्म अधिवेशन जारी रहने विज्ञप्तिमा उल्लेख छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १९:४८

१५ असोज, काठमाडौं । कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले देशभरका ३ हजार बढी वडामा अधिवेशन सम्पन्न गरेको छ ।

सो समूहका निर्वाचन समिति संयोजक एगराज पोखरेलले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै पहिलो दिन ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको जनाएका छन् ।

विज्ञप्तिअनुसार कोशी प्रदेशमा ५७७ वडा, मधेश प्रदेशमा ४०२ वडा, बागमती प्रदेशमा ५६३ वडा, गण्डकी प्रदेशमा ३८६ वडा, लुम्बिनी प्रदेशमा ५५० वडा, कर्णाली प्रदेशमा २५७ वडा र सुदूरपश्चिम प्रदेशमा ४५६ वडामा अधिवेशन सम्पन्न भएको छ ।

यस्तै, विज्ञप्तिमा बाँकी वडामा असोज १८ गतेसम्म अधिवेशन जारी रहने बताइएको छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?