Comments Add Comment

विराटनगर भन्सारबाट आयात-निर्यात ठप्प, वैकल्पिक मार्गको व्यवस्था गर्न उद्योगीको माग

८ पुस, विराटनगर । भारत तर्फको मीरगञ्ज  पुल मर्मत गर्ने भन्दै भारतले सवारी रोकेपछि विराटनगर भन्सार नाकाबाट हुने आयात निर्यात ठप्प भएको छ । १९ डिसेम्बरदेखि भारतले पुल मर्मतका लागि मालबहाक सवारी साधन रोकेपछि विराटनगर भन्सारबाट आयात निर्यात ठप्प भएको हो ।

तीन वर्षअघिको मीरगञ्ज खोलाको पुल बाढीले क्षतिग्रस्त भएको थियो । त्यसबेला पुल सञ्चालनमा आउन झण्डै ९ महिना लागेको थियो । भारतले पुन विराटनगर भन्सारलाई जानकारी गराएर १९ डिसेम्बरपछि पुलमा मालबाहक गाडी रोकेको हो ।

मालबाहक सवारी रोकिएपछि आयात निर्यात ठप्प भएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले जानकारी दिए । पुलको मर्मत सुरु भएपछि भन्सारको कारोबार ‘ह्वात्तै’ घटेको उनले बताए । उनले भने, ‘दैनिक १४/१५ करोड राजस्व संकलन हुन्थ्यो । अहिले पाँच लाखसम्म मात्रै हुने गरेको छ ।’ विराटनगर भन्सारबाट दैनिक २ सय देखि २ सय ५० मालबाहक ट्रक नेपाल प्रवेश गर्ने गरेको उनको भनाइ छ ।

नेपालको दोस्रो ठूलो नाकामा आवात जावतका लागि एउटा मात्र रुट छ । विराटनगर भन्सारबाट करिब ४ किलोमिटर दक्षिण रहेको पुलमा भारतले सवारी रोकेपछि दुई हजार भन्दा बढी गाडी सीमापारी रोकिएका छन् ।

बfढीले क्षति पुर्‍याएको पुलमा भारतले ४० टन भन्दा बढी आयात गर्न नदिने बताउँदै आएको थियो । तर १९ डिसेम्बरबाट भने  मर्मतका लागि पूर्ण रुपमा रोक लगाएको हो ।

सीमावर्ती क्षेत्र जोगबनी छेउको जीर्ण मीरगञ्ज पुल मर्मतमा चार हप्ता भन्दा बढी लाग्ने अवस्था देखिएपछि पूर्वका उद्योगी व्यापारी चिन्तित बनेका छन् ।

वैकल्पिक मार्गको व्यवस्था गर्न उद्योगीको माग

पूर्वका उद्योगी व्यावासयीले भारतको मीरगञ्ज खोलाको पुल मर्मतसम्भार कारण आर्यात नियातमा समस्या भएको भन्दै वैकल्पिक मार्गको व्यवस्था गर्न सरकारसँग माग राखेका छन् ।

उनीहरुले पुलका कारण एकतर्फी सवारी सधान सञ्चालनमा रहेकाले मुख्य नाका रानीबाट हुने आयात–निर्यात ठप्प भएकोले वैकल्पिक मार्गको माग गरेका हुन् ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले विराटनगरमा मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी उद्योगी व्यासायीले पुल मर्मत गर्ने काम लामो समयसम्म लाग्ने अवस्थाले कच्चा पदार्थ अभावमा उद्योग व्यवसाय धराशायी हुने अवस्थामा पुगेको बताएका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकास मुन्दडाले मीरगञ्ज पुल मर्मतको नाममा हलुका सावारी साधानलाई मात्रै एकतर्फी आउजाउ गर्न दिएका कारण उद्योगमा चाहिने कच्चा पदार्थको अभाव सृजना हुन थालेको बताए । उनले तत्काल सरकारी पहलमा भेण्टाबारीबाट रि–रुट गरी मालमहाक ट्रकहरुलाई उद्योगसम्म ल्याउने व्यवस्था मिलाउन सरकारसँग माग राखे ।

‘पूर्वका उद्योगी व्यवसायी ठूलो समस्या भोग्न वाध्य भएका छन’ अध्यक्ष मुन्दाडाले भने, ‘हाम्रो समस्यालाई सरकारले तत्काल सम्बोधन गरिदियोस्,।’ सरकारले भारतसँग कुटनीतिक पहल गरी वैकल्पिक मार्गको बाटो खुलाउने कार्यमा अग्रसर बन्नु पर्ने उनले बताए ।

उद्योगी महेश जाजुले मीरगञ्ज खोलाको पुल मर्मतको नाममा भइरहेको अवरोधले पूर्वका उद्योगी व्यवसायी मारमा परेको बताए।

‘दैनिक ३–४ सय मालबाहक गाडी भारतबाट आउँछन् ।’ उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भने ‘दुई हजार भन्दा बढी मालबाहक सवारी पुल पारी रोकिएका छन् ।’ पुल मर्मतका लागि भन्दै भारतले सवारी साधन रोकेपछि वीरपुर–भाण्टाबारी हुँदै आयात गर्न सरकारसँग पहल गरेपनि सरकारले चासो नदेखाएको उनले बताए । ‘हामीले पहल गरिरहेका छौं,’ उनले भने, ‘ सरकारले अनुमति दिए भन्टाबारीबाट रोकिएका गाडी ल्याउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment