+
+
Shares

रामकृष्ण-निलमको ‘डिभोर्स मिस्ट्री’ 

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ९ गते २१:२५

गायक रामकृष्ण ढकालको वैवाहिक जीवन बाहिरबाट हेर्दा लोभलाग्दो देखिन्थ्यो । सञ्चार माध्यममा बारम्बार दिएका अन्तरवार्तामा उनीहरुको माया-प्रेम यथेष्ट छचल्किन्थ्यो । तर, सबैलाई आश्चर्यमा पार्ने गरी उनीहरु अलग्गिएको समाचार आएको छ ।

बुधबार दिउँसो ढकालको सम्वन्धविच्छेदको हल्ला चलेपछि अनलाइनखबरले उनलाई सम्पर्क गर्‍यो । ‘नमिठो खबर सुनियो, के हो ?’ भनी सोध्दा ढकालले जवाफ दियो, ‘झूटो हो । हामीबीच त्यस्तो केही भएको छैन । हामी सँगै छौं ।’

उनले सम्वन्धविच्छेदको मुद्दा लिएर अदालत गएको समेत इन्कार गरे ।

तर जिल्ला अदालत काठमाडौंमा बुझ्दा श्रेष्तेदार आनन्द श्रेष्ठले सञ्चारमाध्यमसँग सम्वन्धविच्छेदको पुष्टि गरिसकेका थिए । उनले अनलाइनखबरसँग अदालति भाषामा भने, ‘उहाँहरुले सम्वन्ध विच्छेद गर्न मञ्जुर छौं भनेर मिलापत्र गर्नुभएको छ । बादी (निलम) ले अंश नलिने गरी मिलापत्र भएको हो ।’

अदालतको दैनिक पेशी सुचीमा पनि रामकृष्ण र निलमको सम्वन्धविच्छेद भएको देखिन्छ । सुचीअनुसार निलम शाहले रामकृष्ण ढकाललाई प्रतिवादी बनाएर ८ पुसमा सम्वन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । उनको मुद्दाको दर्ता नम्बर ०७६-CP-३१८८   छ । पेशी सुचीको कैफियत खण्डमा ‘फैसला/अन्तिम आदेश-मिलापत्र’ भनिएको छ ।

कानूनी भाषाका जानकारहरुकाअनुसार डिभोर्स गर्ने सहमतिलाई पनि मिलापत्र नै भनिन्छ । यसको अर्थ कानूनीरुपमा रामकृष्ण र निलम आजबाट अलग भएका छन् । साथै श्रेष्तेदार श्रेष्ठले दिएको जानकारी अनुसार उनीहरुबीच छोरी रानीको जिम्मेवारी निलमले पाउने पनि सहमति भएको छ ।

तर यो समाचार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति भैरहँदा रामकृष्णले फेसबुकमा ‘खण्डन’ जस्तो गरी स्टाटस लेखे । निलमसँगको फोटो राखेर उनले लभ रियाक्टसहित लेखेका छन्, ‘अरुले जेसुकै भए पनि हाम्रो सम्वन्ध कहिल्यै मर्दैन ।’

रामकृष्णले भावनात्मक कुरा मात्रै गरेका हुन् वा आफूहरु अलग नभएको घुमाउरो दाबी गरेका हुन् भन्ने प्रष्ट छैन ।

उनको लभ रियाक्टले भने निलमप्रति प्रेम दर्शाउँछ ।

तर, यदि प्रेम यथावत छ भने डिभोर्स किन गरे त उनीहरुले ? कौतुहल यही हो । डिभोर्सको सहमति गर्दा निलमले कुनै सम्पत्तिको मागदावी नगरेको भनिएको छ ।

रामकृष्णको डिभोर्स समाचारले फ्यान र शुभचिन्तकहरुलाई दुखी बनाएको छ । कुनै पनि व्यक्तिको जीवनमा यो एउटा दुःखद परिघटना हो ।

तर, रामकृष्णले ‘हाम्रो सम्वन्ध कहिल्यै मर्दैन’ भन्दै स्टाटस लेखेपछि डिभोर्स कानूनी मात्रै त होइन भन्ने धेरैको मनमा परेको छ । यसलाई ढकाल आफैंले प्रष्ट्याउने आशा गरौं ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?