+
+
Shares

गंगालाल अस्पतालमा हिमालयन बैंकको विस्तारित काउन्टर

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १३ गते १८:२६

१३ पुस, काठमाडौं । हिमालयन बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर राखी आफ्ना सेवा तथा सुविधा विस्तार गर्दै जाने क्रममा यही शुक्रबार देखि काठमाडौ बाँसबारीस्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा आनो विस्तारित काउन्टर सुविधा सुरु गरेको छ ।

उक्त विस्तारित काउन्टरको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले एक समारोहकाबीच संयुक्त रुपमा गरे ।

उक्त समारोहमा महाराजगंज शाखाका प्रमुख श्री अभय बहादुर शाहा, बैंकका तथा अस्पातालका कार्मचारीहरुको उपस्थिति थियो ।

उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान १०ः०० बजे देखि अपरान्ह ३ बजे सम्म ग्राहकवर्गहरुले नगद तथा चेकबाट कारोबार गर्न सक्नेछन् ।

उक्त विस्तारित काउन्टरबाट कुनै पनि व्यक्तिले हिमालयन बैंकमा विभिन्न बैंकिङ्ग कारोबारहरु गर्न सहजिकरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?