Comments Add Comment

रामकृष्णदेखि निमा रुम्बासम्म, जो गायकबाट नायक बने

गीत संगीतको दुनियाँमा अहिले प्रकाश सपुत चर्चित छन् । उनले तयार पारेका गीतहरुले दर्शकको मनमा डेरा जमाएका छन् । ‘बोल माया र गलबन्दी’ जस्ता सफल गीतका गायक प्रकाश सपुत अब नायक बन्ने लहडमा लागेका छन् । उनी चलचित्र ‘परदेशी २’ बाट नायक बन्न लागेका हुन् ।

गायन पेशामा राम्रै चलेका गायकहरु नायक बन्न लागेको यो पहिलो उदाहरण होइन । यो सूचीमा भुवन केसी, रामकृष्ण ढकाल, यम बराल, बाबु बोगटी, यशकुमार, प्रशान्त तामाङ, सत्यराज आचार्य, निमा रुम्बादेखि कोशिष क्षेत्रीसम्म छन् । तर, उनीहरुको चलचित्र करिअर कस्तो छ त ?

नायक भूवन केसीले कलाकारिता यात्रा गायनबाट नै सुरु गरेका हुन् । भूवनले केही सफल गीतहरुमा आवज भरेका छन् । भूवन केसी चलचित्रमा पनि सफल भए । आजका दिनमा पनि भूवनको स्टारडम दर्शकमा उस्तै छ ।

चर्चित गायक रामकृष्ण ढकालले पनि चलचित्रमा काम गरे । उनले ‘ आर्शिवाद’ नामक चलचित्रमा काम गरेका थिए । यो चलचित्रले रामकृष्णको नै कथा बोकेको थियो । तर, रामकृष्णको चलचित्र करिअर भने यसपछि सुखद बनेन । उनी, गायन पेशामा नै चम्किए ।

गायक यम बराल पनि ‘मालती’ नामक चलचित्रबाट नायक बने । तर, उनको चलचित्र यात्रा सफल हुन सकेन । निर्माता निर्देशकले उनलाई गीत संगीतमा नै रोज्न थाले । नायक बनाउन सुरिनेहरु भएनन् ।

त्यस्तै, सत्यराज आचार्यले पनि चलचित्रमा काम गरे । उनले ‘आचार्य’ र ‘साढे सात’ नामक चलचित्रमा काम गरे । तर, दुबै चलचिबाट उनले असफलता खेपे । गायनमा निकै सफल ठहरिएका सत्यराज नायक बन्दा भने सफल हुन सकेनन् ।

बाबु बोगटी पनि ‘बाटो मुनीको फूल’बाट नायक बने । बाबुले निरन्तर केही चलचित्रमा काम गरे । तर, उनी टिकिरहन भने सकेनन् । बाबुको चलचित्र यात्रा केही समय चलेपनि सुखद भने नबनेको देखिन्छ । अहिले उनी अमेरिका पुगिसकेका छन् ।

सोही चलचित्रबाट नै गायक यश कुमारले पनि चलचित्रमा डेब्यु गरेका थिए । यसपछि, यशले केही चलचित्रमा काम गरे । तर, यशराजलाई दर्शकले नायकको रुपमा भने स्विकार गरेनन् । गायक निमा रुम्बाको अवस्था पनि उस्तै छ । उनले ‘कागबेनी’ नामक चलचित्रमा काम गरे । उक्त चलचित्रबाट निमाको प्रशंसा नै भएको थियो । निमाको चलचित्र यात्रा सुखद बन्न सकेन ।

गायक प्रशान्त तामाङले ‘गोर्खा पल्टन’ र ‘परदेशी’ नामक चलचित्रमा काम गरे । यी दुबै चलचित्र निकै सफल भए । तर, प्रशान्तले चलचित्रमा निरन्तरता दिन भने सकेनन् । उनको चलचित्र यात्रा सुखद रहेन ।
अहिले चल्तीमा रहेका गायक कोशिष क्षेत्री पनि चलचित्रमा नायक बन्ने लहडमा छन् । तर, उनले अभिनय गरेका चलचित्रहरु भने सफल भइरहेका छैनन् । दर्शककले कोशिषलाई नायकको रुपमा स्विकारेका छैनन् ।

नेपालमा गायकहरु नायक बनेर सफल भएका छैनन् । अब, गायक प्रकाश सपुतको चलचित्र यात्रा कस्तो रहने हो, यसका लागि केही समय प्रतिक्षा गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment