Comments Add Comment

टुँडिखेलमा ल्होसारको रमझम (फोटो फिचर)

१५ पुस, काठमाडौं ।  गुरुङ समुदायको नयाँ वर्ष ल्होसार मंगलबार देशभर गुरुङ समुदायले भव्य रुपमा मनाएका छन् । उनीहरुले आजको दिनलाई पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने दिनको रुपमा मनाउँछन् ।

यसवर्ष मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको छ । गुरुङ समुदायले वर्ष गणनाका लागि १२ वटा जनावरको नाम राखेका छन् । जसमा मुसा, गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग  छन् । तमु ल्होसारका अवसरमा सरकारले सम्बन्धित जातिलाई मात्र विदा दिने गरेको छ । तर गण्डकी प्रदेश सरकार र केही स्थानीय तहले आफ्नो क्षेत्रमा सार्वजनिक विदा दिएका छन् ।

काठमाडौंमा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भई ल्होसार मनाएका छन् । यहाँ ल्होसारका अवसरमा आइतबारदेखि नै विभिन्न कार्यक्रमहरु भइरहेका छन् । गुरुङ समुदायले आफ्नो भेषभूषामा टुँडिखेल वरपर र्‍याली समेत निकालेका थिए । त्यस क्रममा उनीहरुले परम्परागत बाजागाजा बजाउनुका साथै घरायसी सामग्री पनि प्रदर्शन गरेका थिए ।

हेर्नुहोस् तस्वीरहरु   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment