Comments Add Comment

अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनामा मनोजले जिते एक लाख रुपैँया

१५ पुस, काठमाडौं । देशकै उत्कृष्टमध्येको एक अर्घाखाँची सिमेन्ट प्रालीले आफ्नो उपभोक्ताको लागि सार्वजनिक गरेको ‘धन वर्षा ‘ योजनाअन्तर्गत आज जडिबुटी, काठमाडाैंका मनोज कुमार सिलवालले एक लाख रुपैँया बराबरको नगद पुरष्कार जितेका छन् ।

कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले विजेता सिलवाललाई एक कार्यक्रमबिच उपहार रकमको चेक हस्तान्तरण गरे ।

सिलवालले घर निर्माणको लागि सातदोबाटो ललितपुरस्थित मेरु इन्टरप्राइजेजबाट गएको हप्ता अर्घाखाँची ओपिसी सिमेन्ट खरिद गरेका थिए ।

“इन्जिनीयर तथा अन्य साथीहरुको सल्लाहमा अर्घाखाँची सिमेन्ट नै सबैभन्दा गुणस्तरीय हो भन्नेमा ढुक्क भइ आफ्नो घरमा सोही सिमेन्ट प्रयोग गर्ने निधो गरेको थिएँ,” चेक पाएर हषिर्त ४९ बषिर्य सिलवालले भने, “यस नगद पुरष्कार पाएपश्चात मेरो यस ब्राण्डप्रतिको विश्वास र सद्भावमा अझै बृद्धि भएको छ ।”

यसरी एक लाख बराबरको नगर पुरष्कार पाउने सिलवाल दोश्रो उपभोक्ता हुन् । उहाँभन्दा पहिला तीन साताअघि बुटवलकी बिन्दु खनालले पनि सोहि रकम बराबरको नगद पुरष्कार जित्न सफल भएकी थिइन् ।

स्थापनाको पाँचाैं वर्षगाँठको उपलक्ष्यमा अर्घाखाँची सिमेन्ट प्रा. लील मंसिर ८ गतेदेखि दुई महिनाका लागि धन वर्षा योजना संचालनमा ल्याएको थियो ।

योजनाअन्तर्गत हालसम्म सयां उपभोक्ताहरुले रु १००, रु ५००, रु १ हजार, रु १०हजार, रु २५ हजार, रु ५० हजार र रु १ लाखसम्मको सुयोर सट नगद उपहार हासिल गरिसकेकाछन् ।

यस योजनाअन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क्र्याच कुपन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment