+
+
Shares

न्यू इयर इभमा यसरी झुम्यो काठमाडौं

चन्द्र आले चन्द्र आले
२०७६ पुष १६ गते १३:०६

१६ पुस, काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२० आजबाट सुरु भएको छ । नेपालीहरुले पनि एकअर्कालाई शुभकामना साटासाट गर्दै मनाइरहेका छन् ।

हुन त नेपालीहरुको नयाँ वर्ष वैशाख १ गते हो । तर जनवरी १ तारिखलाई पनि नेपालीहरुले उत्तिकै उल्लासका साथ नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् ।

नयाँ वर्षको दिन र नयाँ वर्षको अघिल्लो दिन (न्यू इयर इभ)मा विशेष कार्यक्रम आयोजना गरिन्छ । न्यू इयर इभमा काठमाडौंको ठमेलमा आयोजना गरिएको कन्सर्टमा काठमाडौंबासी मज्जाले झुमे । बच्चादेखि प्रौढसम्म सांगीतिक कार्यक्रममा रमाए ।

यस्ता कार्यक्रमहरुमा नेपालीहरुको सहभागीता र हर्ष हेर्दा लाग्छ यो हाम्रो परम्परागत सँस्कृति नै बनिसकेको छ । त्यसैले आयोजकले पनि कार्यक्रमका सहभागीहरुलाई भरपूर मनोरञ्जन प्रदान गर्न कुनै कसर बाँकी राख्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?