
स्मार्ट लाइसेन्सको नमुना
१६ पुस, काठमाडौं । नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने गिरोह सक्रिय रहेको पाइएको छ । प्रहरी ६ जनालाई पक्राउ गरेर अनुसन्धान थालेसँगै नक्कली स्मार्ट लाइसेन्स वितरण गर्ने गिरोह सक्रिय रहेको खुलेको हो ।
महानगरीय अपराध अनुसन्धान महाशाखा स्रोतका अनुसार सातदोबाटोमा एक सवारीचालकको साथबाट शंकास्पद स्मार्ट लाइसेन्स भेटिएको थियो । अनुसन्धानका क्रममा महानगरीय ट्राफिक महाशाखा, रामशाहपथले लाइसेन्स नक्कली भएको प्रमाणित गर्यो ।
त्यसपछि सुरू भएको विस्तृत अनुसन्धानका क्रममा न्यूरोडस्थित पुरानो फोटो स्टुडियो फोटो कन्सर्नका ४ जनासहित ६ जनालाई पक्राउ गरिएको स्रोतले बतायो ।
विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4