Comments Add Comment

मानुषीदेखि शालिनीसम्म, जो यो बर्ष बलिउडमा डेब्यू गर्दैछन्

बलिउडमा आफ्नो भविष्य बनाउने योजनाले सयौ यूवायूवती हरेक बर्ष प्रवेश गर्छन् । तर, सबैको भविष्य भने चम्किएको छैन । केही कलाकारले मात्र भविष्य सुरक्षित गर्न सकेका छन् ।

सन् २०२० मा पनि बलिउडमा केही नयाँ अनुहार प्रवेश गर्दैछन् । उनीहरुबाट बलिउडले ठूलै आशा गर्न सक्छ । सन् २०१७ मा विश्व सुन्दरीको ताज जितेकी मानुषी छिल्लर यो बर्ष नायक अक्षय कुमारसँग चलचित्र ‘पृथ्वीराज चौहान’मा काम गर्दैछिन् । यो चलचित्र यो बर्षको तिहारमा रिलिज हुँदैछ । मानुषी यो चलचित्रमा संयोगीताको भूमिकामा देखिदैछिन् ।

यस्तै, तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’मा काम गरेपछि चर्चामा रहेकी नायिका शालिनी पाण्डे यो बर्ष बलिउडमा प्रवेश गर्दैछिन् । उनी, नायक रणवीर सिंहसँग चलचित्र ‘जोयस भाई जोरदार’मा काम गर्दैछिन् । यो चलचित्र पनि यसै बर्ष रिलिज हुनेछ ।

केही सिरियलमा काम गरिसकेकी क्रिस्टल डिसुजा यो बर्ष चलचित्र ‘चेहेरे’बाट बलिउडमा प्रवेश गर्दैछिन् । यो चलचित्रमा अमिताभ बच्चन, इमरान हाश्मी लगायतको मुख्य भूमिका छ । क्रिस्टलको इन्स्टाग्राममा ५७ लाख भन्दा बढी फलोअर्स छन् ।

पूजा बेदीकी छोरी आलिया फर्निचरवाला यो बर्ष नायक सैफअली खानको ‘जवानी जानेमन’बाट डेब्यू गर्दैछिन् । उनी, सैफकी छोरीको भूमिकामा देखिदैछिन् । नितिन कक्कडको निर्देशनमा बनेको यो चलचित्रमा तब्बुले पनि काम गरेकी छिन् । यो चलचित्र सन् २०२० को फ्रेवुअरीमा रिलिज हुँदैछ ।

नायक सुनिल सेट्टीका छोरा अहान सेट्टीलाई निर्माता साजिद नाडियाडवालाले बलिउडमा यो बर्ष भित्राउँदैछन् । साजिदले ‘आरएक्स १००’को हिन्दी रिमेकमा अहानलाई मौका दिएका हुन् । यो चलचित्र मे महिनामा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment