Comments Add Comment

विश्वकप विजेता इरफान पठानले लिए सन्यास

काठमाडौं । भारतीय अलराउण्डर इरफान पठानले सबै खाले क्रिकेटबाट सन्यास लिएका छन् । सन् २००७ को टी-२० विश्वकप विजेता पठानले शनिवार सन्यासको घोषणा गरेका हुन् ।

पठानले सन् २००३ मा अष्ट्रेलियाविरुद्ध टेष्ट र ओडीआई क्रिकेटमा डेब्यू गरेका थिए ।

बायाँ हाते तीव्र गतिका बलर पठानले भारतका लागि २९ टेष्ट, १२० ओडीआई र २० टी-२० आई खेल खेलेका छन्  र कुल कूल ३०१ विकेट लिएका छन् ।

पठानले १९ वर्षकै उमेरमा २००३ डिसेम्बरमा टेष्टमा डेब्यू गरेका थिए । १६० रन खर्चेर १ विकेट मात्र लिएका उनले अष्ट्रेलियाका म्याथ्यु हेडनलाई शिकार बनाएका थिए । राहुल द्रविडको उत्कृष्ट प्रदर्शनमा एडेलेइडको उक्त टेष्ट भारतले जितेको थियो ।

त्यसपछि इरफान पठानले अन्तर्राष्ट्रिय क्रिकेटमा चाँडै ठाउँ पाए । उनी नियमित टिममा पर्न थाले पाकिस्तान टुरमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनले सन् २००६ मा पाकिस्तानविरुद्ध टेष्टमा ह्याट्रिक विकेट लिएका थिए । यस्तै भारतले सन् २००७ मा टी-२० विश्वकप उपाधि जित्दा फाइनलमा उनै इरफान पठान म्यान अफ दि म्याच बनेका थिए ।

पछिल्लो पटक उनले सन् २०१२ मा भारतका लागि खेलेका थिए । सन् २००६ मा दक्षिण अफ्रिकाविरुद्ध टी-२० मा डेब्यु गरेका पठानले सन् २०१२ अक्टोबरमा  दक्षिण अफ्रिका विरुद्ध नै अन्तिम टी२० आई खेले ।

त्यसयता उनी भारतीय टिममा पर्न सकेका छैनन् ।

पठानले २९ टेष्टमा एक शतक समेत प्रहार गरेका थिए । साथै उनले टेष्टमा विकेटको पनि शतक नै पूरा गरे । यस्तै १२० ओडLआई खेल्दा १७३ विकेट लिएका उनले २० टी-२०आईमा २८ विकेट लिएका छन् ।

इन्डियन प्रिमियर लिग आइपीएलमा पाँच वटा टिमको प्रतिनिधित्व गरिसकेका इरफान पठानले पछिल्लो पटक सन् २०१७ मा खेलका थिए । त्यसयता तीन आइपीएल अक्सनमा ३५ वर्षीय अलराउण्ड छनोट हुन सकेका छैनन् ।

सन् २०००/०१ को सिजन बरोडाबाट खेल्दै डोमेस्टिक क्रिकेट करियर शुरु गरेका पठानले फेब्रुअरी २०१९ मा जम्मु एण्ड कस्मिरका लागि याद मुस्ताक अली ट्रफी खेलेका थिए ।

त्यो नै उनको अन्तिम कम्पिटेटिभ क्रिकेट म्याच हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment