Comments Add Comment

राजेश र भुवनको मित्रता(फोटो फिचरसहित)

नायक राजेश हमाल र अर्का नायक भूवन केसीविच प्रायः भेटघाट हुँदैन । सार्वजनिक कार्यक्रममा जुरिहाल्यो भने मात्र यी दुई नायकले एक अर्कासँगै भलाकुसारी गर्न पाउँछन् । केही समय अगाडि अमेरिकामा आयोजना भएको एक अवार्ड समारोहमा राजेश र भूवनले गफिने मौका पाएका थिए ।

यी दुई नायक शनिबार आयोजना भएको ‘कामना फिल्म अवार्ड’मा देखिए । कार्यक्रममा भूवन अतिथी बनेर पुगेका थिए । उनले, कार्यक्रममा गीत समेत गाए । यस्तै, अर्का नायक राजेश हमाल त कार्यक्रम संचालक नै थिए ।

यो पनि पढ्नुहोस ‘कामना अवार्ड’मा नम्रता र विपिन उत्कृष्ट, स्वस्तिमालाई ‘पपुलर अवार्ड’

हमाल र भूवन एकसाथ बसेका थिए । कार्यक्रम अवधीभर यी दुई सबैको केन्द्रमा रहे । कार्यक्रम संचालकले पनि राजेश र भूवनकै बिषयमा कुरा गर्न धेरै समय खर्चिएका थिए । दुई नायक भने एकसाथ लामो समयसम्म गफिएका थिए ।

नायक राजेश हमाल र भूवन केसीको क्रेज आज पनि उस्तै छ । भलै, चलचित्रको पर्दामा यी दुइलाई हेर्न दर्शक पहिलेजस्तो आउँदैनन् । तर, दुइले आफ्नो स्टारडमलाई कमजोर हुन दिएका भने छैनन् ।

नायक राजेश हमाललाई ‘महानायक’को उपाधि दिदा भूवन केसी सन्तुष्ट नरहेको चर्चा पनि चलचित्र बजारमा चलेको थियो । तर, भूवन केसीले भने राजेश हमालसँग आफ्नो कहिले पनि तिक्तता नभएको बताउँदै आएका छन् ।

राजेश र भूवनले एकसाथ थोरै चलचित्रमा मात्र काम गरेका छन् । तर, चलचित्र क्षेत्रलाई यो स्थानसम्म डोर्याउन यी दुई नायकको उल्लेखनिय योगदान छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment