+
+
Shares

गृहमन्त्रीले लगाइदिए नवनियुक्त आईजीपी केसीलाई फुली

बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद् बैठकले डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ।
  • गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
  • सरकारले दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ।

१८ काक्तिक, काठमाडौं । नवनियुत्त आईजीपी डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

यसअघि गृहसचिवले आईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै आएका थिए ।

केसीलाई आजै मन्त्रिपरिषद् बैठकले महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।

दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाएर सरकारले केसीलाई नियुक्त गरेको हो ।

कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?