Comments Add Comment

अवार्ड पाउनु अघि नै कार्यक्रमबाट किन बाहिरिइन् स्वस्तिमा ?

नायिका स्वस्तिमा खड्का शनिबार आयोजना भएको ‘कामना फिल्म अवार्ड’मा आकर्षक बनेर पुगिन् । शनिबार परेको पानीको समेत प्रवाहा नगरि पुगेकी स्वस्तिमा केही समय अवार्ड समारोहमा रहिन् । स्वस्तिमा अवार्ड समारोहका बसिरहँदा कार्यक्रम सुरु भएको केही समय मात्र भएको थियो ।

तर, स्वस्तिमा केही समयमा नै अवार्ड समारोहबाट बाहिरिइन् । स्वस्तिमाले क्यामेरापर्सनहरुलाई ‘बाइबाइ’ गर्दै अवार्ड समारोहबाट बाहिरिएकी थिइन् । तर, स्वस्तिमा अवार्ड समारोहबाट बाहिरिएको केही समयपछि उनले ‘पपुलर अवार्ड’ प्राप्त गरिन् ।

कार्यक्रम संचालक र स्टेजमा अवार्ड वितरण गर्न पुगेका अतिथीले स्वस्तिमालाई प्रतिक्षा गरे । तर, स्वस्तिमा सो समयमा कार्यक्रममा उपस्थित थिइनन् । स्वस्तिमा छायांकनमा जानुछ भन्दै हिडेकी थिइन् । स्वस्तिमाको अवार्ड निर्देशक दीपाश्री निरौलाले लिएकी थिइन् ।

रोचक कुरा के छ भने, स्वस्तिमा अवार्ड पाउँदा सो समारोहमा उपस्थित थिइनन् । तर, अवार्ड कार्यक्रम सकिएपछि नायिका प्रियंका कार्की भने आइपुगिन् । प्रियंकाले ‘उत्कृष्ट सह–अभिनेत्री’को अवार्ड पाएकी थिइन् । सो समयमा भने उनी अवार्ड समारोहमा आइपुगेकी थिइनन् । कार्यक्रम सकिएपछि आएकी प्रियंकालाई आयोजकले अवार्ड हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment