Comments Add Comment

एमएम कप : कुशल मल्लको शतकमा आर्मी विजयी

२० पुस, काठमाडौं । कुशल मल्लको शतक मद्दतमा त्रिभुवन आर्मी क्लबले मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा एपीएफलाई १०८ रनले पराजित गरेको छ ।

सुनसरीको इनरुवामा जारी प्रतियोगिताअ अन्तर्गत विभागीय भिडन्तमा जित हात पार्दै आर्मीले समूह ए मा २ अंक जोडेको छ । प्रतियोगिता शतक प्रहार गर्ने कुशल पहिलो खेलाडी समेत बनेका छन् ।

कुशलले १११ रन बनाएपछि ४६ ओभरमा छोट्याइएको खेलमा आर्मीले टस जितेर पहिले ब्यमटिङ गर्दै सबै विकेट गुमाएर २८१ रन बनाएको थियो ।

चौथो नम्बरमा ब्याटिङ गरेका कुशलले ६३ बल खेल्दै १३ छक्का र ५ चौका प्रहार गरे । यस्तै अनिल मण्डलले ४१, राजेश पुलामीले ३८ तथा रोहित पौडेलले २१ रन बनाए ।

बलिङमा एपीएफका कप्तान बसन्त रेग्मीले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ५४ रन खर्चिए । अमर सिंह रौटेलाले २ विकेट लिए भने अविनाश बोहरा, सूर्य तामाङ र प्रदिप ऐरीले समान १ विकेट लिए।

इनरुवा क्रिकेट मैदानमा आर्मीले दिएको २८२ रनको लक्ष्य पछ्याउने क्रममा एपीएफले ३९.३ ओभरमा सबै विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो ।

एपीएफको लागि पृथु बास्कोटाले सर्वाधिक ३६ रन बनाए भने शंकर रानाले ३२, सुमित महर्जन र सन्दिप जोराले समान २३, कप्तान बसन्त रेग्मीले १७ रन बनाए । आसिफ शेख र अमर सिंह रौटेला खाता नखोली आउट भए ।

एपीएफलाई अलआउट गर्न आर्मीको बलिङमा देब्रे हाते स्पिनर शाहब आलमले सर्वाधकि ४ विकेट लिए । उनले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चिए । यस्तै कुशल मल्लले २ तथा बिक्रम सोब, सुशन भारी र भिम शार्कीले १-१ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत सोमबार समुह ‘ए’ को दोश्रो खेलमा एपीएफले र स्थानीय टिम मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवासंग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment