+
+
Shares

गाडी चलाउँदा जुत्ता अनिवार्य लगाउनु पर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २१ गते १३:१८

२१ पुस, काठमाडौं । अब सवारी चालकले जुत्ता लगाएर मात्र गाडी चलाउने भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा सञ्चालित यात्रुबहाक बसका चालकसँग गरेको छलफलमा जुत्ता लगाएर मात्र गाडी चलाउने प्रतिवद्धता व्यक्त गरिएको हो ।

जुत्ता नलगाइ सवारी चलाउनु पनि दुर्घटनाको एउटा कारण भएको भन्दै ट्राफिक प्रहरीले अनिवार्य रुपमा जुत्ता लगाउन आग्रह गरेको थियो । योसहित १९ बुँदे प्रतिबद्धता व्यक्त भएको महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाल बताउँछन् ।

ढकाल भन्छन्, ‘पैतालामा पसिना आउने हुँदा ब्रेक लगाउने वेला चप्पल चिप्लिन्छ । अलिकति चिप्लिने वित्तिकै मनस्थितिले काम गर्दैन । त्यही भएर यो प्रतिबद्धता गराइएको हो ।’

उनका अनुसार प्रतिबद्धता पालना भए/नभएको विषयमा अनुगमनका लागि प्रहरी उपरीक्षक (एसपी) राजकुमार वैदवारको नेतृत्वमा यातायात व्यवसायी, मजदुर, कम्पनी/प्रा.लि.का प्रतिनिधिसहित ८ सदस्यीय अनुगमन समिति पनि गठन गरिएको छ ।

ढकालले १७ पुसमा भाडाका सार्वजनिक सवारीसाधानको अनुगमन गरेपछि व्यवसायीसँग यो प्रतिवद्धता गराइएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?