Comments Add Comment

कलेजको सम्बन्धन खारेज भएपछि नर्सिङका ३० विद्यार्थी अन्योलमा

२१ पुस काठमाडौं । भक्तपुरस्थित चक्रवर्ती हबि एजुकेसन एकेडेमीमा भर्ना भएका ३० विद्यार्थीले उच्च शिक्षा अध्ययनको वातावरण बनाइदिन गुहार मागेका छन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) को प्रवेश परीक्षा उतीर्ण भई चक्रवर्ती कलेजमा भर्ना भएका उनीहरु कलेजको नर्सिङ अध्यापन गराउने सम्बन्धन खारेज भएपछि अन्योलमा परेका हुन् । कलेजले मापदण्ड पूरा नगरेको भन्दै सीटीईभीटीले २०७५ सालमा सम्बन्धन खारेज गरेको थियो ।

विद्यार्थी प्रेमिका शाहीले सीटीईभीटी र शिक्षामन्त्रीसम्म गुनासो गरे पनि बेवास्ता गरेको गुनासो गरिन् ।

मंगलबार रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गरी उनीहरुले आफूहरुको समस्यामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गैरजिम्मेवार प्रतिक्रिया दिएको बताए । ‘हामीले शिक्षा त पाउनुप¥यो नि शिक्षा मन्त्रालयको काम हाम्रो शिक्षा प्रणालीलाई व्यवस्थापन गर्ने हो । तर हामी यसरी अलपत्र अवस्थामा बस्दा पनि किन मौन छ सम्बधित निकाय ? हाम्रो समस्या कसले समाधान गरिदिन्छ’ एक छात्राले भनिन् ।

सीटीईभीटीले मन्त्रिपरिषदले मात्र समस्या समाधान गर्न सक्ने जवाफ दिएको विद्यार्थीहरु बताउँछन् ।

विद्यार्थीहरुले अन्तिम परिक्षाको तयारी गरिरहेका बेला कलेजको सम्बन्धन खारेज भएको थियो । अहिले विद्यार्थीहरु पढ्ने वातावरण बनाइदिन माग गर्दै सडक आन्दोलनदेखि मन्त्रालयसम्म धाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment