Comments Add Comment

सेलिव्रिटी बन्नु सजिलो काम होइन भन्दै आर्यनले गरे विपिनको प्रशंसा

नायक आर्यन सिग्देललाई स्टारडमको उतारचढाव राम्रोसँग थाहा छ । आर्यन सिग्देलका लागि कुनै समय निर्माताले एक बर्षसम्म पनि पर्खन तयार हुन्थे । उनले, ६ देखि ८ लाख केही बर्ष अगाडि सजिलै पारिश्रमिक स्वरुप पाएका पनि थिए । तर, आर्यनको स्टारडम अहिले कमजोर बनिसकेको छ । यसको उदाहरण, यो बर्ष उनी अभिनित २ चलचित्रको कमजोर व्यापारबाट पनि वुझ्न सकिन्छ ।

माघको २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सेल्फी किङ्ग’ले यस्तै कथा बन्छ । एउटा कलाकारको ३ दिनको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रमा एउटा संवाद छ, ‘स्टारडम मुतको न्यानो मात्र हो ।’ यो संवाद विश्वभरका सेलिब्रिटीमा नै लागू हुन्छ ।’

उनै, आर्यनले नायक विपिन कार्कीको कामको प्रशंसा गरेका छन् । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि आर्यनले लेखेका छन्–‘सेलिब्रिटी बन्नु सजिलो टास्क होइन । सेल्फी किङ्गको यात्रा हेर्दा हामी यो कुराको महशुश गर्न सक्छौ । विपिन कार्की र विशाल सापकोटाको राम्रो काम ।’

चलचित्रको ट्रेलर हेरेपछि आर्यनले आफूलाई यसको पात्रमा महशुश गरेको हुनुपर्छ । आर्यन मात्र होइन, धेरै सेलिव्रिटीले आफूलाई यो पात्रमा महशुश गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment