Comments Add Comment

सूचना प्रविधि विधेयक फिर्ता लिएर संशोधन गर  : साझा पार्टी

२३ पुस, काठमाडौं । साझा पार्टीले सूचना प्रविधि विधेयक तत्काल फिर्ता लिएर विज्ञसँगको राय सल्लाहमा संशोधन गर्न माग गरेको छ ।

विधेयक अहलेकै अवस्थामा पारित भए सामाजिक सञ्जालको प्रयोगमा नियन्त्रण लागू हुने भन्दै साझा पार्टीले विज्ञसँग राय सल्लाह लिन र विधेयक संशोधन गर्न माग गरेको छ ।

प्रस्तावित सूचना प्रविधि विधेयक संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथककीकरणको सिद्धान्त र समग्रमा लोकतन्त्रको मर्मकै प्रतिकूल रहेको भनी विरोध हुँदाहुँदै पनि सरकारले फिर्ता नलिनु खेदजनक भएको साझा पार्टीले बताएको छ ।

बुधबार प्रवक्ता सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी सरकारले लोकतन्त्रलाई देखाउने मोहोडाको रूपमा प्रयोग गर्ने र शक्ति केन्द्रीकृत गर्दै सत्ता र समाजमाथिको पकड मजबुत बनाउने दुष्प्रयास गरिरहेको आरोप लगाए ।

‘दशकौँको संघर्षपछि प्राप्त ‘उदार लोकतन्त्र’को अवधारणालाई सत्ताशिन भएदेखि नै ‘अनुदार लोकतन्त्र’ तर्फ उन्मूख गराउँदै आफू, आफ्नो पार्टी, आफ्ना आसेपासेहरूको हीत र आम सर्वसाधारणको अहित हुने काम कम्युनिस्ट सरकारले बारम्बार गर्दै आएको छ’ साझा पार्टीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment