Comments Add Comment

अस्पतालमै बन्धक बनेकी १८ वर्षकी ठगिसरा घर फर्किइन्

२३ पुस, बुटवल । उपचार खर्च तिर्न नसकेर अस्पतालमा बन्धक बनेकी एक किशोरी घर फर्किएकी छन् । तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालमा उपचाररत पाल्पा रामपुर नगरपालिका ४ कि ठगिसरा सोमै (पूजा सोमै) सामाजिक विकासमन्त्री सुदर्शन बरालको पहलमा घर फर्किएकी हुन् ।

मन्त्री बरालको पहलमा १८ वर्षकी ठगिसराको उपचारमा लागेको शुल्क क्रिमसन अस्पताल प्रशासनले छुट गरेको छ ।

८४ दिन अस्पतालमा बस्दा एक लाख ६२ हजार ४ सय रुपैयाँको बिल उठेको थियो । बिरामी सोमैको माइतीले आर्थिक संकलन गरी ८७ हजार ९ सय ३० रुपैयाँ अस्पताललाई बुझाएका थिए । तर ७४ हजार ४ सय ७० रुपैयाँ भुक्तानी गर्न बाँकी भएका कारण चिकित्सकले डिस्चार्ज गरे पनि ठगिसरा घर जान पाएकी थिइनन् ।

ठगिसरा ८ असोजमा श्रीमान भूमबहादुर सोमैले टाउकोमा हिर्काउँदा घाइते भएकी थिइन् । सुरुमा पाल्पा लुम्विनी मेडिकल कलेजमा भर्ना भएकी उनी थप उपचारका लागि तिलोत्तमास्थित क्रिमसन अस्पतालमा आइपुगेकी थिइन् ।

‘सहयोगको लागि धेरै धाइयो । मन्त्रीज्यूले अस्पतालमा भनिदिएपछि शुल्कमा छुट पायौं’ दाजु सुवास परियारले भने, ‘घरसम्म पुराउने व्यवस्था पनि मिलाइदिनुभयो ।’

अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले बिरामीको आर्थिक अवस्था कमजोर भएको र मन्त्रीको आग्रहमा शुल्क छुट गरी बिरामीलाई घर पठाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment