+
+
Shares

वीरगन्जमा युवकको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २५ गते १७:०९

२५ पुस, वीरगञ्ज । वीरगञ्जमा पानीमा डुबेको अवस्थामा एक युवकको शव फेला परेको छ ।

वीरगञ्ज-१५ भिश्वामा अन्दाजी २८/३० वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी गौतम थापाले पुष्टि गरेका छन् । शवको पहिचान खुल्न सकेको छैन ।

‘दुईवटा घरको बीचमा खाली जग्गा थियो । जग्गामा ८ फिटभन्दा गहिरो पोखरी बनेको रहेछ । पानीमा फोहोर फालिएको थियो । त्यही युवकको शव फेला परेको हो,’ डीएसपी थापाले भने ।

युवकको शरीरमा कुनै किसिमको चोटपटक र निल डाम नदेखिएको र पोष्टमार्टमपछि मात्रै मृत्युको कारण थाहा हुने डीएसपी थापाको भनाइ छ । शव पोष्टमार्टका लागि नारायणी अस्पतालमा पठाइएको छ ।

भिश्वाबाट नेशनल मेडिकल जाने बाटो छेउको खाली जग्गामा दिउँसो साढे दुई बजेतिर शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । केही दिन अघिदेखि नै पानीमा शव रहेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

केही दिनअघि ड्राईपोर्ट परवानीपुर सडकखण्डमा मृत भेटिएका युवकको भने पहिचान खुलेको छ ।

मृतक पर्साको बहुदरमाई नगरपालिका-५ भौराटार बस्ने २५ वर्षीय सुरेन्द्रकुमार सहनी रहेको प्रहरी निरीक्षक कुशल बर्तौलाले बताए ।

टाउको र घाँटीमा चोेट लागेको अवस्थामा वीरगञ्ज जगरनाथपुरमा पुस २१ गते उनको शव फेला परेको थियो ।

सहनीको हत्या भएको आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?