
२६ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटिएको छ । निकुञ्जको घडगाई पोष्ट नजिक पोथी गैंडा मृत भेटिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए ।
अन्दाजी २० बर्षको गैंडा एक्जाभेटर लगाएर गैंडा बाहिर निकालिएको छ । गैंडाको खाग र खुरहरु सुरक्षित छन् ।
भाले गैंडाले लेखेटर भाग्न खोज्दा गैंडा दलदलमा भाँसिएको हुनसक्ने सहायक संरक्षण अधिकृत रमेश यादवले बताए । जाडोयाम गैंडा प्रजननको समयका रुपमा लिइन्छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रुपाखेतीका अनुसार चालु आर्थिक वर्षमा योसहित ७ वटा गैंडा मरेका छन् । \\गत बर्ष ४३ गैंडा मरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4