२६ पुस, काठमाडौं । हिमालयन शेर्पाले मनाङ मस्र्याङ्दीलाई गोलरहित बराबरीमा रोकिँदा मछिन्द्रले जाउलाखेललाई हराएको छ र शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार भएको पहिलो खेलमा मछिन्द्रले जाउलाखेललाई १-० गोल अन्तरले हराएको हो ।
मछिन्द्रका लागि विशाल राईले निणर्ायक गोल गरेका हुन् । उनले खेलको ३१ औं मिनेटमा उनले डिबक्स बाहिरबाट हानेको बल गोलमा परिणत भएको थियो ।
अर्को खेलमा साविकको विजेता मनाङले हिमालयन शेर्पासँग गोलरहित बराबरी खेलेको छ ।
खेलको ७२औं मिनेटमा सुरज विश्वकर्माले रातो कार्ड पाएपछि मनाङ १० खेलाडीमा सिमित भएको थियो । उनले वान भर्सेस वानको अवस्थामा रहेका स्टफेन मसिरलाई खराब ट्याकल गरेका थिए ।
यसको फाइदा भने मछिन्द्रलाई भएको छ । मछिन्द्र ६ खेलबाट १३ अंकका साथ शीर्ष स्थानमा छ भने मनाङ १२ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।
१२ अंक जोडेको आर्मी भने तेस्रो स्थानमा झरेको छ । तर उसले एक खेल कम खेलेको छ ।
प्रतिक्रिया 4