+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मेलबर्नमा बालबालिकालाई ‘पब्लिक स्पिकिङ’ तालिम

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २८ गते १४:२१

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा ८-१२ वर्षका विद्यार्थीलाई ‘पब्लिक स्पिकिङ र कन्फिडेन्ट बिल्ड अप’ तालिम दिइएको छ ।

नेपालीहरुले संचालन गरेको विद्यालय बाल संसार ग्लेनरोयको आयोजनामा ३५ जना बालबालिकालाई ग्लेंरोय कम्युनिटी सेन्टरमा तालिम दिइएको हो ।

सुशील चालिसेद्वारा प्रशिक्षण दिइएको उक्त तालिममा मेलबोर्नमा संचालित नेपाली विद्यालयहरु बाल चौतारी वेस्ट, बाल चौतारी प्रेसटन, बाल बाटिका एप्पिंग वलर्ट नेपलिज कम्युनिटी, बाल संसार ग्लेनरोयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तालिममा सहभागी विद्यार्थीहरुले रमाइलोका साथै ज्ञानगुनका धेरै कुराहरु सिकेको बताए । तालिमबाट सहभागी विद्यार्थीहरुले कार्यक्रम संचालन गर्न चाहिने कला र सिप सिक्दै आत्मविश्वास पनि बढाउन मद्धत पुगेको प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा तालिमका साथै विभिन्न विद्यालयका प्रतिनिधिहरुको वर्कशप सन्चालन भएको थियो । उक्त वर्कशपमा नेपाली भाषाका शिक्षकहरुको ब्यबस्थापन, संयोजन, नेपाली भाषा स्कूलको स्थापना, अनुभव र आइपरेका समस्याहरुको समाधानका बारेमा छलफल चलेको थियो ।

बाल सन्सार ग्लेनरोयका अध्यक्ष समिर रघुबन्शीले यो तालिम विद्यार्थीहरुका लागि निक्कै नै फलदायी भएको बताए ।

तालिमका संयोजक तथा बाल संसार ग्लेनरोयका उपाध्यक्ष रिता पन्तले यस्ता खालका कार्यक्रमको आयोजना गराउन पाउँदा बाल संसार ग्लेंरोय परिवार अझै बढी हौसिएको बताउँदै उक्त तालिम प्रत्येक वर्ष संचालन गर्ने योजना रहेको सुनाए ।

नेपाली भाषा, संस्कृति, भेषभुषा, कलाको उत्थान र जगर्ना र्ने उद्देश्यले तालिम सञ्चालन गरेको विद्यालयले बिगत पाँच वर्षदेखि अस्ट्रेलियामा हुँर्कदै गरेका नेपाली मूलका बालबालिकाका लागि नेपाली कक्षा संचालन गर्दै आएको छ ।

साथै नेपाली डान्स, चित्रकलालगायत विभिन्न तालिमहरु पनि संचालन गर्दै बालबालिकाको व्यक्तित्व विकासमा टेवा पुर्याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?