Comments Add Comment

दोस्रो बच्चा जन्माउनुअघि कस्तो तयारी गर्ने ?

कुनैबेला भनिन्थ्यो, दुई सन्तान ईश्वरको बरदान । जति सानो परिवार, उत्तिनै सुखी । थोरै भए पुगिसरी । यही मान्यतालाई आत्मसात गर्दै धेरै दम्पतीले धेरै सन्तान हुर्काउने झन्झट गरेनन्, एउटै सन्तानमा चित्त बुझाउन थाले । पछिल्लो अवस्था के छ भने, अधिकांश दम्पतीले एउटै सन्तान हुर्काइरहेका छन् ।

तर, अहिले एकल सन्तान पनि टाउको दुखाईको विषय बनेको छ । एकल सन्तान हुर्काउन सजलो होइन थप जटिल भएको निष्कर्षमा पुगेका छन् उनीहरु । एक्लो सन्तानले पर्याप्त हेरचाह पाएपनि उनीहरु परिवारसँग घुलमिल नहुने, प्रतिस्पर्धाको भावना नहुने, असामाजिक हुने जस्ता समस्या देखिएको छ । त्यसैले अहिले धेरैजसो दम्पतीमा चेत खुलेको छ कि, एक भन्दा बढी सन्तान हुर्काउनुपर्छ भन्ने ।

पालन-पोषण र उचित रेखदेखको हिसाबले एकल सन्तान ठीक भएपनि कतिपय कुरामा यसले जटिलता पैदा गरेको छ । एकल बच्चाहरु साथीभाईसँग घुलमिल नहुने भएकाले पछि उनीहरुलाई समाज तथा परिवारसँग एकाकार हुन पनि गाह्रो हुने देखिएको छ । त्यसैले निश्चित समयान्तरमा दोस्रो बच्चा जन्माउनु राम्रो हो । तर, दोस्रो पटक गर्भधारण गर्ने सोंचमा हुनुहुन्छ भने, केहि कुरामा ध्यान दिनैपर्छ ।

उमेर ३५ बर्षभन्दा बढी नहोस्

जति जति उमेर ढल्कदै जान्छ, उत्तिनै फर्टिलिटीमा कमी आउँछ । त्यही कारण जब महिला ३५ बर्षपछि गर्भवती हुन्छन्, डेलिभरीको समयमा केहि कठिनाइ आउन सक्छ । त्यतीमात्र होइन, कतिपय अवस्थामा बच्चाको विकास पनि सहि ढंगले नहुन सक्छ ।

यदि सो भन्दा बढी उमेर अर्थात ४० बर्षपछिको उमेरमा गर्भधारणको जोखिम लिनु ठीक होइन । किनभने यस उमेरमा केहि रोग समेत लागेको हुनसक्छ, जसको असरले बच्चाको स्वास्थ्यमा खतरा निम्त्याउन सक्छ । त्यसैले दोस्रो बच्चा जन्माउने योजना बनाउँदा उमेरको पनि ख्याल गर्नुपर्छ ।

निश्चित समयको अन्तरमा जन्माउने

पहिलो बच्चा जन्मिए लगत्तै वा त्यसको लामो ग्यापमा दोस्रो बच्चा जन्माउनु उपयुक्त हुन्न । पहिलो बच्चा र दोस्रो बच्चाको उमेर अन्तर धेरै हुनुहुन्न । यदि पहिलो बच्चा जन्माएको निश्चित अवधीमा दोस्रो बच्चा जन्माइयो भने बच्चाहरु एकअर्काको साथी बन्छन् । उनीहरुलाई हुर्काउन समस्या हुँदैन । उनीहरुलाई एक्लोपनले सताउने छैन ।

कति अध्ययनबाट के पाइएको छ भने, दुई बच्चाबीचको जन्मान्तर २ बर्षको हुनुपर्छ । यो नयाँ बच्चा र आमा दुबैको स्वास्थ्यका लागि जरुरी छ । किनभने जब यो ग्याप १७ महिनाभन्दा कम हुन्छ भने प्रीमेच्योर वर्थको सम्भावना हुन्छ । त्यस्तै यो अन्तर ५ बर्षभन्दा बढीको भयो भने गर्भ नरहने संभावना हुन्छ ।

दुबैको पूर्ण ख्याल राख्ने

दुई जना बच्चा भएपछि आपसमा इष्र्याको भावना पनि पैदा हुन्छ । आमाबुवाले गर्ने व्यवहार देखि खेलौनासम्ममा उनीहरु सरावरी अधिकार र स्वमित्व खोज्छन् । यसमा कुनै भेदभाव हुनुहुँदैन । दुबैलाई समान व्यवहार गर्नुपर्छ ।

आर्थिक परिस्थिती

यदि दोस्रो बच्चा जन्माउने योजना गरिरहनु भएको छ भने आर्थिक परिस्थितीको पनि ख्याल राख्नुपर्छ । किनभने बच्चा जन्माइसकेपछि स्वतः आर्थिक व्यायभार बढ्छ । उनीहरुको पालन-पोषणमा अतिरिक्त लगानी गर्नुपर्ने हुन्छ ।

साथीको सल्लाह लिने

दोस्रो बच्चा जन्माउने सोंच बनाउनुअघि साथीको परामर्श पनि लिनु लाभदायक हुनसक्छ । एकलौटी निर्णय नलिनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment