Comments Add Comment

प्रधानमन्त्रीको गुनासो : राम्रो कामको प्रशंसा गर्ने मुटु भएका सम्पादक नै छैनन्

२९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका राम्रा कामहरुको समाचार नै नबनेको गुनासो गरेका छन् । सरकारले काठमाडौंलाई सडक मानव मुक्त बनाए पनि प्रशंसामा लेख्ने बोल्ने सञ्चार माध्यम नभएको उनले सुनाए ।

मंगलबार नेपाल चेम्बर अफ कमर्सका व्यवसायीहरुसँग भएको भेटमा प्रधानमन्त्री ओलीले भने, ‘राम्रो कामको प्रशंसा गर्ने मनमुटु भएका सम्पादक नै छैनन् । कसैले छ्यास्सछुस्स कसैले लेखिहाल्यो भने पनि राम्रा कुरा गर्न थालिस भनेर गाली खान्छ ।’

पहिले पहिले बालबालिकाहरु कुकुरसँग लडाई गरेर खानेकुरा टिपिरहेको देख्ने गरिन्थ्यो । यो सरकार आएपछि काठमाडौंका सडकमा बालबालिका छैनन् । उनीहरुलाई राख्ने, बस्ने, पढाउने प्रवन्ध मिलाइएको छ । मान्छेहरु सडकमा लडिरहेका हुन्थ्ये, झिंगा भन्किराख्या हुन्थ्यो, कुकुरसँग सुतिराख्या हुन्थ्यो तर आज त्यस्ता व्यक्तिहरु सडकमा छैनन् । उनीहरुलाई सडकबाट उठाएर राख्ने प्रवन्ध मिलाएका छौं । ठग बेघरलाई घर पठाइदिने र साँच्चिकै बेघर भएकाहरुको व्यवस्थापन आएका छौं । हेर्दा यो साना कुरा लाग्छ तर सामाजिक रुपमा अर्थ छ । तर हामीले गरेका त्यस्ता कामहरुको प्रशंशामा लेख्ने पत्रपत्रिका छैन, प्रशारण गर्ने टेलिभिजन छैन । प्रशंसा गर्ने मन मुटु भएका सम्पादक छैनन् । यदि कसैले छ्यास्सछुस्स लेखिहाल्यो भने पनि गाली खान्छ । राम्रा कुरा गर्न थालिस्, सकारात्मक कुरा गर्न थालिस्, विग्रिन्छस् भन्छन् ।

प्रधानमन्त्री ओलीले लगानीमैत्री वातावरण बनाउन ऐन कानुन संशोधन गर्नुपर्ने भए पनि सरकार तयार रहेको बताए । पहिलो आफूले रेल र पानीजहाजको कुरा गर्दा कतिपयले ठट्टामा उडाएको, तर अहिले धमाधम काम भइरहेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment