Comments Add Comment

‘हलो सीएम’मा आउनै छाड्यो फोन

१ माघ, धनगढी । डोटीको शिखर नगरपालिका–२ का करणजन शाहीले ७ जेठ २०७५ मा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा फोन गरी धनगढीको ट्राफिक व्यवस्थाबारे गुनासो गरे । प्रदेशका भएका समस्या समाधानका लागि हलो सीएम कार्यक्रम सुरु गरेकै दिन शाही पहिलो गुनासोकर्ता थिए ।

गुनासो टिपाएको १९ महिना बितिसक्दा पनि धनगढीको ट्राफिक व्यवस्था उस्तै छ । शाही पनि आफूले हलो सीएममा टिपाएको गुनासो सम्बोधन नभएको गुनासो गर्छन् । उनले भने ‘सम्बोधन नहुने भए गुनासो गर्नुको के अर्थ रहन्छ र ?’

शायद त्यही कारण होला, मुख्यमन्त्री कार्यालयमा रहेको हेलो सिएम कक्षमा पाँच महिनाभन्दा बढी समयदेखि फोन आएको छैन ।

यसरी घटे गुनासा

गत वर्ष प्रदेश सरकारले निकै जोड दिएर हलो सिएम कार्यक्रम सुरु गरेको थियो । पहिलो महिनामा ८८ वटा गुनासो आएको थियो तर, त्यसपछि क्रमश घट्दै गयो । ९ साउन २०७६ यता एउटा पनि गुनासो दतार्अ भएको छैन ।

‘हिजो सिंहदरबार टाढा थियो, अहिले नजिकै आएको छ, हामीलाई आफ्नो समस्या तथा गुनासो राख्न सहज भएको छ । तर गुनासो सुन्ने काम मात्र भयो, सम्बोधन भएन’, धनगढी उप महानगरपालिका–३ का खडक चन्दले भने ।

आम नागरिक मात्र होइन, राजनीतिक दलहरूले पनि हेलो सीएम कार्यक्रम प्रभावकारी नभएको बताएका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस
संसदीय दलका नेता डा. रणबहादुर रावलले सरकारले नागरिकहरूको गुनासोप्रति चासो नदिएको आरोप लगाए । ‘सरकारलाई नागरिकको समस्याबारे चासो नै छैन’ उनले भने, ‘तामझामसहित सुरु गरेको कार्यक्रम अहिले प्रभावहीन भएको छ ।’

यसबारे मुख्यमन्त्रीलाई भेटेरै कुरा गर्ने रावलले बताए ।

के भन्छ मुख्यमन्त्रीको कार्यालय ?

भ्रष्टाचार, ढिलासुस्ती, लापरबाहीविरुद्ध मुख्यमन्त्रीलाई उजुरी गर्ने कार्यक्रम हलो सीएममा फोन नआएको विषयमा मुख्यमन्त्री कार्यालयको भने आफ्नै तर्क छ ।

नागरिकका समस्याहरू सम्बोधन भइरहेको सूचना अधिकारी जगदीश जोशीले बताए । उनले भने, ‘हेलो सीएममा आएका गुनासाहरू केही सम्बोधन भइसकेका छा्, केही हुने क्रममा छन् । यसले पनि गुनासो कम आएको हुनसक्छ ।’

हलो सीएममासडक निर्माणमा लापरबाही, विद्युत चुहावटसँगै भ्रष्टाचार र आर्थिक अनियमितताका विषयमा गुनासो आउने गरेका छन् ।

मन्त्रिपरिषद् कार्यालयले भने अधिकांश विषयलाई सम्बन्धित निकाय वा मन्त्रालयमा पठाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment