Comments Add Comment

हिमपहिरोमा हराएका पर्यटक भेटिएनन्, कोरियन दूतावासले पठायो हेलिकप्टर

४ माघ, पोखरा । अन्नपूर्ण पदमार्गबाट शुक्रबारदेखि हराएका ५ जनाको पहिचान भए पनि उनीहरू अझै नभेटिएको प्रहरीले जनाएको छ ।

अत्यधिक हिँउ परेपछि विश्वकै उत्कृष्ट मानिने अन्नपूर्ण पदमार्गमा कोरियन, चाइनिज पर्यटकसँगै नेपाली गाइड तथा पोर्टल हराएको शुक्रबार सूचना आएको थियो । यीबाहेक केही नेपाली गाइड र पर्यटकसमेत हराएको अनुमान गरिएको छ । यद्यपि, यसको पुष्टि हुन भने बाँकी छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलका अनुसार, हराउनेमा कोरियाली नागरिक ५३ वर्षीया किम सूक जा, ५७ वर्षीय ली मिन सु, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेको खुलेको छ । त्यस्तै, कोनाको ट्रेकिङ एजेन्सीबाट पर्यटक लिएर गएका नेपाली गाइड सरोज परियार पनि हिमपहिरोमा हराएका छन् ।

हराउनेको पहिचान भए पनि अत्यधिक हिमपातका कारण उद्दारमा समस्या परेको प्रहरीले जनाएको छ ।

हिउँमा आफ्ना नागरिक हराएपछि नेपालस्थित कोरियन राजदूतावासले हेलिकप्टरसहित उद्दार टोली पठाएको छ । त्यस्तै उद्दारका निम्ति नेपाल प्रहरी र टानको टोलीले पनि प्रयास गरिरहेका छन् ।

कोरियाली पर्यटकहरु काठमाडौंको ट्रिप नेपाल मान्टेन गाइड नामक कम्पनीबाट टिम्स शुल्क काटेर अन्नपूर्ण बेसक्याम्पसम्मको पदमार्गमा निस्केका थिए । बेसक्याम्पस जाँदै गरेका कोरियाली पर्यटक देउराली नजिकैबाट हराएको अध्यक्ष भुजेलले जानकारी दिए ।

कोरियाली पर्यटक ११ जनाको समूहमा थिए । तीमध्ये ७ जना सम्पर्कमा आएका छन् भने ४ जना हराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment