Comments Add Comment

नेकपालाई कांग्रेसको प्रस्ताव : उपसभामुखमा हामीलाई समर्थन होस्

६ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले उपसभामुख आफ्नो दललाई दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आग्रह गरेको छ । यसो भएमा कांग्रेसले सभामुखमा नेकपाका उम्मेदवारलाई समर्थन गर्नेछ ।

नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । सभामुख र उपसभामुख फरक फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले सभामुखकेा निर्वाचन प्रक्रिया सुरु भएसँगै उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनेछिन् भने नेकपाले उपसभामुख दाबी गर्न पाउने छैन ।

यसमा प्रमुख विपक्षीको प्रस्ताव छ, नेकपाले सभामुख लिएर उपसभामुख कांग्रेसलाई छाडोस् ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले अनलाइनखबरसँग भने, ‘संसदमा प्रष्ट बहुमत भएकाले सभामुख नेकपाले नै लिओस् र उपसभामुखमा प्रमुख प्रतिपक्षलाई समर्थन गरोस् । यसो भयो भने सदन सञ्चालन गर्न पनि सहज हुनेछ ।’

सभामुखको निर्वाचन प्रक्रिया सुरु भएपछि नेकपासँग थप छलफल गर्ने उनले सुनाए ।

यदि नेकपा, कांग्रेसलाई उपसभामुख छाड्न तयार नभए सभामुखमै सापकोटाविरुद्ध उम्मेदवारी दिने कांग्रेसको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment