Comments Add Comment

लुम्बिनी र पोखरामा तेस्रो विश्व शान्ति पूजा गर्दै पर्वतारोहण संघ

६ माघ,काठमाडौं । नेपाल पर्वतारोहणसंघले लुम्बिनी र पोखरामा तेस्रो विश्व शान्ति पूजा लगाउने भएको छ ।

महासंघले भमण वर्ष २०२० सलाई सफल बनाउने तथा अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयको प्रचार प्रसार गर्ने उद्देश्यले विश्व शान्ति पूजा लगाउने जानकारी दिएको हो ।

संघले विश्वमा स्थायी शान्ति स्थापना गर्ने, नेपालमा स्थापित धार्मिक सहिष्णुतालाई प्रचार प्रसार गर्ने, धार्मिक पर्यटनलाई नेपालको पर्यटन गतिधिधिको रुपमा स्थापित गर्न विश्व शान्ति पूजा सहयोगी बन्ने दाबी गरेको छ ।

महासंघका अध्यक्ष शन्तवीर लामाले बुद्ध नेपालमै जन्मेको तथ्य स्थापित गर्नका लागि पनि यो पूजा सहयोगी बन्ने बताए । माघ २० देखि २२ सम्म हुने पूजा लुम्बिनीबाट सुरु हुनेछ ।

लुम्बिनीबाट शान्ति द्धीप पोखरामा ल्याइने कार्यक्रम छ । मुख्यमन्त्री शंकर पोखरेलले शान्तिद्धीप प्रज्ज्वलन गरि सुरु हुने कार्यक्रमको शान्तिद्धीप पोखरामा गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिनेछन् । समापन समारोहमा सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड पनि सहभागी हुने आयोजकले जनाएको छ ।

५ फेब्रअरीमा अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलय दिवसका अवसरमा मन्जुश्रीको मन्त्र उच्चारण सहित विशेष समारोह आयोजना हुने महासंघले जनाएको छ । सो अवसरमा प्रसिद्ध बौद्ध गुरुहरुले पूजा गर्नेछन् ।

यसअघि दोस्रो विश्व शान्ति पूजा २०७२ माघ १९ देखि २१ सम्म आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment